सोमबार, कार्तिक ३०,२०८३ 09:43:12
  • सोमबार, कार्तिक ३०,२०८३ 09:43:12
Global IME Bank Limited

बंगलादेशमा पारिश्रमिक वृद्धिको माग गर्दै श्रमिकको हडताल, करिब १५० कपडा कारखाना बन्द

Bizshala
बंगलादेशमा पारिश्रमिक वृद्धिको माग गर्दै श्रमिकको हडताल, करिब १५० कपडा कारखाना बन्द
New Office

काठमाडौं। न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै श्रमिकहरू हडतालमा उत्रिएपछि बंगलादेशका करिब १५० कपडा कारखाना बन्द भएका छन्। साभार, आशुलिया र गाजिपुरका प्रमुख औद्योगिक क्षेत्रमा कारखानाको उत्पादन प्रभावित भएको हो।

श्रमिकहरूले मासिक न्यूनतम पारिश्रमिक १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका पुर्‍याउन माग गरेका छन्। हालको पारिश्रमिकले बढ्दो महँगी र जीवनयापन खर्च धान्न नसकिने उनीहरूको भनाइ छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आइतबार गाजिपुरस्थित ढाका–टाङ्गाइल राजमार्ग अवरुद्ध हुँदा करिब एक घण्टा यातायात प्रभावित भएको थियो। प्रहरीले हस्तक्षेप गरी सडक खुलाएको थियो।

बंगलादेशको कपडा उद्योगले वार्षिक करिब ४० अर्ब अमेरिकी डलरको निर्यात गर्दै आएको छ। यसले देशको कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशत योगदान पुर्‍याउँछ भने करिब ४० लाख श्रमिकलाई रोजगारी दिएको छ। चीनपछि बंगलादेश विश्वकै दोस्रो ठूलो तयारी पोसाक निर्यातकर्ता हो।

Garima Development Bank
Bizshala
IME remit

कारखाना सञ्चालकहरूले आन्दोलन जारी रहे उत्पादन ठप्प हुने भन्दै श्रमिकको सुरक्षाको माग गरेका छन्। आन्दोलनका कारण अन्तर्राष्ट्रिय कपडा खरिदकर्तासमेत प्रभावित हुन सक्ने चिन्ता बढेको छ।

यसैबीच, सरकारले नोभेम्बर १ मा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न बोर्ड गठन गरेको छ। बोर्डले नोभेम्बरको अन्त्यसम्म नयाँ पारिश्रमिक संरचनाबारे सिफारिस गर्ने र संशोधित व्यवस्था डिसेम्बर १ देखि लागू हुने अपेक्षा गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.