शनिबार, मंसिर २०,२०८२ 05:16:22
Bizshala
  • शनिबार, मंसिर २०,२०८२ 05:16:22
Bizshala
Global IME Bank Limited
Bizshala

व्यापार, लगानी प्रवर्द्धनका लागि जीटु–जी स्तरमा नियमित संवाद गर्न आवश्यकः पूर्वअध्यक्ष राणा

Hyundai Nepal
व्यापार, लगानी  प्रवर्द्धनका लागि जीटु–जी स्तरमा नियमित संवाद गर्न आवश्यकः पूर्वअध्यक्ष राणा
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले व्यापार, लगानी प्रवर्द्धनका लागि नीतिगत सुधारका लागि जीटुजी स्तरमा नियमित संवाद हुन आवश्यक रहेको बताएकी छन् ।   

सोमवार काठमाण्डौमा भएको बिमस्टेक क्षेत्रको विकास र समृद्धिको लागि क्षेत्रीय तालमेल विषयमा बिमस्टेकका महासचिवसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै राणाले यस्तो बताएकी हुन् ।  

उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास भएको भन्दै यसले नेपाल, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याण्ड र भारतलाई व्यापार, उद्योग र पारस्परिक हितका क्षेत्रमा सहकार्यका लागि ल्याउँने दाबी गरिन्  ।  

पूर्वअध्यक्ष राणाले विगत ५ वर्षमा बिमस्टेक सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीले ल्याएको आर्थिक झट्कामा चुनौतीको सामना गरिरहेको बताइन् । उनले बिमस्टेक देशहरूमा भारत बलियो अर्थतन्त्रको रूपमा रहेको भन्दै बिमस्टेक सदस्यहरू सदस्य राष्ट्रहरूको व्यापार र आर्थिक अवसरहरूको दोहन गर्ने ’प्राकृतिक प्लेटफर्म’ मा परिणत भई सहजीकरण, समन्वय, लगानी र व्यापार अन्वेषण गर्ने सम्भावित देश हुन सक्ने दाबी गरिन्  ।  

राणाले बिमस्टेक देशहरूबीचको क्षेत्रीय सहयोग र एकीकरणलाई गति दिन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बिमस्टेकलाई स्वतन्त्र व्यापार क्षेत्र बनाउन सबै सदस्य राष्ट्रले भने पनि यस सम्बन्धमा के प्रगति भयो निजी क्षेत्रले थाहा पाउन नसकेको बताइन् । 

CG Motors
Garima Development Bank
IME remit

उनले सदस्य राष्ट्रहरूको हितका लागि स्वतन्त्र व्यापार क्षेत्र बनाउनलाई तीव्रता दिनु पर्नेमा जोड दिइन् । उनले सदस्य राष्ट्रहरूले बिमस्टेक क्षेत्रभित्र आफ्ना वस्तु तथा सेवाहरू सहज रूपमा निर्यात गर्न नसकेमा निजी क्षेत्रका लागि दीर्घकालीन फाइदा नहुने बताइन् ।   

नेपालको झण्डै दुई तिहाइ व्यापार भारतबाट हुने र कोलकाता, हल्दिया, विशाखापट्टनमलगायत विभिन्न बन्दरगाहबाट नेपाललाई व्यापार सहजीकरणका लागि भारतले पनि सहयोग गर्दै आएकोले व्यापार तथा पारवहन सहजीकरणका लागि भारत अगाडि बढ्नुपर्ने राणाले उल्लेख गरिन् ।  

यस्तै, कार्गो आगमनमा शुल्क र ढिलाइ अझै अवस्थित रहेको भन्दै सही काम गर्न आवश्यक रहेको बताउँदै उनले बिमस्टेक क्षेत्रीय समूहमा भुटान र नेपाल बाहेक अन्य सबै देशहरू समुद्री मार्ग र लेनहरूबाट सीधा जोडिएकाले द्विपक्षीय वा त्रिपक्षीय सम्झौता गर्न आवश्यक रहेको औंल्याइन् ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.