काठमाण्डौ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर र किङ्गस लाउन्जमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी बैंकले यी दुवै होटलसँग सम्झौता गरेको छ ।
जेठ ८ गते छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल सरोवरमा उपलब्ध सेवाहरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुबिधामा विशेष छुट प्राप्त गर्न सक्नेछन ।
प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंक सँगको आवद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सक्नेछन् ।