काठमाण्डौ । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित ड्रिम इन्टरनेशनल होटल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै लजिङ शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।