बुधबार, आश्विन १४,२०८३ 05:11:58
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 05:11:58
Bizshala
Global IME Bank Limited

जगदम्बा मोटर्सले ल्यायो टीभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

Bizshala
जगदम्बा मोटर्सले ल्यायो टीभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’
New Office

काठमाण्डौ । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते सम्म सञ्चालन हुनेछ ।

‘च्याम्पियन्स एक्सचेन्ज’अभियानले स्मार्ट कनेक्ट, आरटी–फाई,बीएस–भीआई, राइड मोडहरू, र जीटीटी (ग्लाइड थ्रु ट्राफिक) जस्ता नवीनतम प्रविधिहरूले सुसज्जित टीभीएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्छ । यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ ।

यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टीभीएसका बाईक तथा स्कुटरको खरिदमा रु. ६ हजारसम्मको क्यास डिस्काउन्टका साथै, पुरानो मोटरसाइकलमा रु. ६ हजारसम्मको थप मूल्याङ्कन र यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम रु. ३ हजार ९९९ प्रति महिनाको इएमआई पनि उपलब्ध गराएको छ । साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्यागलगायत निःशुल्क सामाग्री पनि प्राप्त गर्न सक्नेछन ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभएसका दूई पांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको सञ्जाल रहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.