शुक्रबार, फाल्गुन ९,२०८१ 09:14:53
IME remit
  • शुक्रबार, फाल्गुन ९,२०८१ 09:14:53
IME remit
Global IME Bank Limited

अन्तिम चरणमा 'नाडा अटो शो'को तयारी (फोटो फिचर)

Hyundai Nepal
अन्तिम चरणमा 'नाडा अटो शो'को तयारी (फोटो फिचर)
Nabil Bank Limited

काठमाडौ । नाडा अटो शो–२०२३को तयारी अन्तिम चरणमा पुगेको छ। 

काठमाण्डौको भृकुटीमण्डपको प्रदर्शनीस्थलमा यही भदौ २६ गतेदेखि नाडा अटो शो हुँदैछ। यो प्रदर्शनी भदौ ३१ गतेसम्म चल्नेछ। 

आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। अहिले प्रदर्शनीस्थलमा भौतिक निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको नाडाले जनाएको छ। 

स्टल र शोकेसहरु बनाउने काम लगभग सकिन आँटेको छ। प्रदर्शनीमा राखिने सवारीसाधन पनि ल्याउने काम भइरहेको छ। 

प्रदर्शनीमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवालाले आआफ्नो स्थल राख्नेछन्। 

नेपालीको महान चडापर्वको पूर्वाद्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनले अटो व्यवसायी, ग्राहक, गाडीप्रेमी तथा अटोमाइसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकको विश्वास छ। 

प्रदर्शनीमा करिब १२० वटा स्टल र ब्लक रहनेछन् । प्रदर्शनमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागितासमेत रहनेछ। 

प्रदर्शनमा १६ वटा ब्रान्डका चार पांग्रे, २२ वटा ब्रान्डका दुईपांग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने आयोजकले जनाएको छ। 

हाल विद्यमान बजार सुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटो कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रस्ट पार्छ। आयोजकका अनुसार आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायमा नकारात्मक प्रभाव पार्नुका साथै सवारीसाधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ। यस अवस्थामा यो अटो शोले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याइ छ। 

अटो शोको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आययल रहेको छ भने सहप्रयोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ पार्टनरमा खाल्ती, अफिसियल इन्टरनेट पार्टनर वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि, हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्टिललजस्ता संस्थाहरु छन् तथा प्रदर्शनी व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिस रहेको छ। 

Shivam Cement
CG Motors
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.