काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट लिमिटेडको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ । उक्त संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।
न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको यो सेयर खरिदका लागि साना किसान सहकारी संस्थाहरु र अन्य विद्यमान संस्थापकहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असार १९ गतेभित्र आवेदन दिईसक्नु पर्नेछ । सेयरको बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
लगानीकर्ताले बबरमहलमा रहेको क्यापिटललको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु विर्तामोड,इटहरी,बर्दिवास,हेटौडा,गजुरी,पोखरा,बुटवल,नेपालगञ्ज,विरेन्द्रनगर,बबरमहल,लहान र अत्तिरियामा आवेदन दिन सक्नेछन् ।