शनिबार, श्रावण २,२०८३ 09:34:58
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:34:58
Bizshala
Global IME Bank Limited

खुकुरीले रमले ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउने

खुकुरीले रमले ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउने
New Office

काठमाण्डौ । नेपालको रम ब्रान्ड खुकुरीले रम–प्रब्रद्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलोपटक सहकार्य गरेको छ । बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञता सहित, ३ दशकभन्दा बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रीय सहभागिता जनाउने सर्वसम्मानित ‘यडु ट्रेनर’ हुन् ।  

 आगामी ३ र ४ जुन २०२४ मा आयोजना हुने यो कार्यक्रमले ग्लोबल रम एम्बेसडरमार्फत खुकरी रम र यसको विशुद्ध नेपाली स्वाद प्रस्तुत गर्दै विश्वसामु नेपाली उत्पादन र शिल्प प्रवर्द्धन गर्ने कम्पनीले जनाएको छ । इयान बरेलले आफ्नो मिक्सोलोजि, रम उत्पादन, रम उद्योगका पछिल्ला प्रवृत्तिहरूमा आफ्नो अनुभवबाट ज्ञानबर्द्धक कुराहरू मास्टरक्लास मार्फत प्रस्तुत गर्नेछन् । 

साथै, प्रशिक्षात्मक कार्यक्रममा सहभागी हुनेहरूले रम टेस्टिङ(चखाई), नेटवर्किङ आदिको अनुभव लिन सक्नेछन् । यो कार्यक्रम, नेपाली रम पारखी तथा विशेषतस् बारटेन्डरहरूलाई अन्तर्राष्ट्रिय उद्योगको बारेमा जानकारी लिने, सीप अभिवृद्धि गर्ने र नेटवर्क बनाउने सही अवसर हो ।  

खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टिलरिज प्रालिका महाप्रबन्धक सुभाष लामिछानेले भने, ‘हामी नेपालमै यस किसिमको पहिलो कार्यक्रमको लागि ग्लोबल रम एम्बेसेडर इयान बरेलसँग सहकार्य गर्न पाउँदा खुसी छौँ । यस कार्यक्रमको माध्यमबाट अनुभवी विश्वव्यापी व्यक्तित्वको उपस्थितिमा नेपाली रम पारखीहरूको ज्ञानको दायरालाई अझ फराकिलो बनाउने मौका प्रदान गर्नेछौँ । 

साथै, यस किसिमको कार्यक्रमबाट नेपाली बारटेन्डर तथा रम पारखीहरूको सीपमा विश्वस्तरको निपुणता हासिल गर्न, ज्ञानलाई परिष्कृत गर्न र विश्वव्यापी रम समुदायमा फराकिलो व्यक्तिगत र व्यावसायिक नेटवर्क विस्तार गर्न सहयोग पुग्छ । हामी यसबाट अन्ततः पूरा नेपाली रम संस्कृतिको स्तरोन्नती गर्न चाहन्छौँ ।’  

 सन् १९५९ देखिको लामो विरासत बोकेको खुकुरी रम नेपाल तथा विश्वका उपभोक्ता तथा रम-पारखीहरूमाझ प्रख्यात ब्रान्ड बनेको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.