काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ‘स्विस कन्ट्राक्ट÷नेपाल एग्रिकल्चर डेभलपमेन्ट प्रोग्राम(नामडीपी)फेज टु बीच सम्झौता भएको छ । यो सम्झौता कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्विस कन्ट्राक्ट नेपाल को सहकार्यमा सञ्चालन गरिने Growing together : A Sustainable Agriculture initiative for Koshi Province नामक परियोजनाका लागि सम्झौता भएको हो ।
जेठ २१ गते उक्त सम्झौतापत्रमा नामडीपी फेज टुका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै, वित्तीय साक्षरता/व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराईनेछ ।