आईतवार, श्रावण ३,२०८३ 07:59:07
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 07:59:07
Bizshala
Global IME Bank Limited

स्टार्ट अप नीति पारित भएकोमा महासंघद्वारा स्वागत

स्टार्ट अप नीति पारित भएकोमा महासंघद्वारा स्वागत
New Office

 काठमाण्डौ । नेपाल उद्योग बाणिज्य महसंघका पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुशी व्यक्त गरेको छ ।

बुधबर महसंघमा आयोजित  कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र  प्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । दुई बर्ष अघि महासंघले  नीति को मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफल पछि मन्त्रीपरिषदले पारित गरेको छ ।

विकसीत देशहरुमा स्टार्टअप स्थापित भए सँगै नेपालमा पनि यसको चर्चा र चासो हुनु स्वाभाविक भएको महासंघले जनाएको छ । व्यवसायमा नयाँ सोचहरुको प्रार्दुभाव भैरहेका र सानो सानो लगानीमा नयाँ बिचारका साथ केही व्यवसायहरु उदाउदै गर्दा तिनको संचालन कसरी र केका आधारमा भै रहेका छन् भन्ने राज्यको चासो संगै ‘स्टार्टअप’ को परिभाषा र त्यसको नीतिका बारेमा छलफल भए र स्टार्टअप नीति विकास गर्ने प्रक्रियाले थालनी पाउदै रोकीदै हालै २०८१ जेठ २ गते मन्त्रिपरिषदबाट पारित भएकोमा महासंघले खुसी व्यक्त गरेको छ ।  

महासंघले नीति आउनु नेपाल उद्योग वाणिज्य महासंघ तथा समग्र निजी क्षेत्रका लागि अतिनै महत्वपूर्ण भएको बताउँदै यसका लागि महासंघले अनवरत रुपमा बिभिन्न तवरबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सघाउदै पनि आएको उल्लेख गरेको छ । सो नीति आएको खुशियालीमा महासंघले उक्त नीतिले अंगिकार गरेका लक्ष्य, उद्देश्य, परिभाषा, रणनीति, कार्यनीति र कार्यक्रमका बारेमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जिवलाल भुषालको आतिथ्यतामा बुधबार महासंघमा नीति संबाद आयोजना गरेको थियो ।    

कार्यक्रमलाई सम्बोधन गर्दै नीति सम्बाद कार्यक्रमका अध्यक्ष तथा महासंघ अध्यक्ष ढकालले स्टार्टअपका सन्दर्भमा आफ्नै पछिल्लो ईतीहासलाई जोड्दै नीति ल्याउन लामो समय देखिको महासंघ स्टार्टअप एण्ड ईनोभेशन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको र यो धेरै नै छलफलहरुबाट निकै खारियर आएकोले स्टार्टअप व्यवसायका लागि महत्वपूर्ण हुने बिचार व्यक्त गरे ।  

त्यस्तै, सहसचिव जिवलाल भूषालले नीतिले अंगिकार गरेकोे स्टार्टअपको परिभाषा र स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग र स्टार्टअप उद्यमका अन्तर सम्बन्धहरु, स्टार्टअप बर्ष २०३० र स्टार्टअप कर्जाहरुका बिषयमा प्रकास पारेका थिए ।  

कार्यक्रमका अन्य वक्ताहरुमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्धय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, औद्योगीक व्यवसाय विकास प्रतिष्ठनका कार्यकारी निर्देशक उमेश कुमार गुप्ता लगाएत हुनुहुन्थ्यो र सबैले स्टार्टअप नीति २०८०, स्टार्टअप कर्जा सञ्चालन कार्यबिधि २०८० र अहिले कार्यान्वयन भै रहेको कर्जा वितरणको अन्तिम अवस्थाहरुका बारेमा आ–आफ्ना बिचारहरु व्यक्त गरेका थिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.