काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २० गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब २६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत जेठ १९ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२खर्ब २३ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।
वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५५ खर्ब १० अर्ब रुपैयाँ रहेको छ । जेठ १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५५ खर्ब ७ अर्ब रहेको थियो ।
यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलनसँगै कर्जा प्रवाह पनि बढेको छ । गत जेठ १९ गते ५१ खर्ब २२ अर्ब रहेको कर्जा प्रवाह २ अर्बले बढेर ५१ अर्ब २४ करोड रुपैयाँ पुगेको पुगेको छ ।
सीडी रेसियो ८०.११ प्रतिशतबाट घटेर ८०.०९ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने औषत विन्दु अर्थात ३ प्रतिशत कायम भएको छ । जेठ १९ गते अन्तरबैंक ब्याजदर २.९७ प्रतिशत कायम थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        (236).jpg) 
                                        .jpg) 
                                        (1)(2)(3).png) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                