मंगलवार, माघ ८,२०८१ 01:19:34
IME remit
  • मंगलवार, माघ ८,२०८१ 01:19:34
IME remit
Global IME Bank Limited

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले हेयर एण्ड शान्तिको सौेन्द्रर्यसम्बन्धी सेवामा विशेष छुट पाउने

Hyundai Nepal
प्रभु बैंकका ग्राहक तथा कर्मचारीले हेयर एण्ड शान्तिको सौेन्द्रर्यसम्बन्धी सेवामा विशेष छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाण्डौको कमलादिस्थित हेयर एण्ड शान्ति युनिसेक्स सलोनमा विशेष छुट पाउने भएका छन् ।  यससम्बन्धी प्रभु बैंक र हेयर एण्ड शान्ति युनिसेक्स सलोनबीच सम्झौता सम्पन्न भएको छ ।  

एक समारोहका बीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक राजकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक का तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापाको समेत उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले हेयर एण्ड शान्ति मा प्रोफेशनल मेकअप, पेनलेश डिपीलेशन,हेयर कट एण्ड स्टाईलिङ, आईल्यास एक्सटेन्सन,प्रोफेशनल स्टाईलिस्ट,स्पा प्रोसिज्योर,रिजेनेरेटिङ ट्रिटमेन्ट म्यानिक्योर र पेटीक्योर जस्ता सौेन्द्रर्यसम्बन्धी सेवा लिँदा थ्रेड्रिङ्गबाहेक ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा विद्युतिय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

Bizshala
CG Motors
Sagarmatha Cement

हेयर एण्ड शान्तिले दुई दशकदेखि निरन्तर विभिन्न स्थानका आउटलेट जस्तै काठमाण्डौ भित्र ८ र पोखरा १,विरगंज १, हेटौडा २ र नारायणघाटमा एउटा आउटलेटबाट सौेन्दर्य सम्बन्धी सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

त्यसैगरी, ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.