आईतवार, फाल्गुन ११,२०८१ 04:32:04
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:32:04
IME remit
Global IME Bank Limited

१० महिनासम्म रु. १०.७० अर्बको बीमा पोलिसी सरेण्डर, नेपाल लाइफबाट सर्वाधिक

Hyundai Nepal
१० महिनासम्म रु. १०.७० अर्बको बीमा पोलिसी सरेण्डर, नेपाल लाइफबाट सर्वाधिक
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा ८७ हजार भन्दा बढी बीमितबाट बीमालेख समर्पण (पोलिसी सरेण्डर) भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनासम्ममा १४ वटा जीवन बीमा कम्पनीका ८७ हजार २०१ जना बीमितले पोलिसी त्याग गरेका हुन् ।  

पछिल्लो समय पोलिसी सरेण्डर हुने प्रवृत्तिमा अझै सुधार आउन सकेको छैन । नेपाल बीमा प्राधिकरणले सरेण्डरदर कम गर्न विभिन्न नीतिगत कुराहरु ल्याएपनि यसको प्रभाव बीमा क्षेत्रमा पर्न सकेको छैन ।  

जीवन बीमकहरुले समेत पोलिसी सरेण्डरदर बढ्दै गएपछि व्यवसाय जोगाउन निष्क्रिय रहेका बीमा पोलिसी नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिएर पुनर्जागरणको योजना ल्याएका छन् ।  

तरपनि यस्ता योजनाको प्रभाव जीवन बीमा क्षेत्रमा परेको छैन । वैशाख महिनासम्ममा १४ जीवन बीमा कम्पनीमा पौने ११ अर्ब रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणले जनाएको छ ।  

१० महिनासम्ममा जीवन बीमा क्षेत्रबाट १० अर्ब ७० करोड ३ लाख रुपैयाँ बराबरको पोलिसी बन्द भएका छन् । यसले बीमा क्षेत्रको व्यवसायमा प्रत्यक्ष असर पारेको छ ।  

पछिल्लो समय आर्थिक शिथिलताका कारण बीमा क्षेत्रमा पोलिसी सरेण्डरको मात्रा बढ्दै गएको बीमा कम्पनीका अधिकारीहरु बताउँछन् । देशको अर्थतन्त्र सुस्ताउँदा पोलिसी त्याग गर्नेको संख्या बढ्न थालेको एक कम्पनीका सीइओले बताए ।  

नेपाल बीमा प्राधिकरणले समेत पोलिसी समर्पण गर्नेको संख्या कम गर्न नीतिमा कडाई गर्दै आइरहेको छ ।  

यसअघि बीमा गरेको दुई वर्षपछि पोलिसी त्याग गर्न पाउने व्यवस्थालाई प्राधिकरणले ३ वर्ष अवधि बनाएको थियो । हाल बीमा गरेको तीन वर्षपछि मात्रै पोलिसी त्याग÷समर्पण गर्न पाइने व्यवस्था छ । अझैपनि प्राधिकरणले सरेण्डरको मात्रा घटाउन अध्ययन गरिरहेको बताउँदै आइरहेको छ । तर बीमा कम्पनीहरुमा यस्तो दर मासिक रुपमै वृद्धि हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

जीवन बीमा कम्पनीमा मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरुले बीमितसमक्ष पोलिसी बिक्री गर्दा स्पष्ट रुपमा जीवन बीमालेखको विषयमा नबुझाउँदा पनि पोलिसी सरेण्डर गर्नेको संख्या बढेको प्राधिकरणले बताउँदै आएको छ । अभिकर्ताले बीमितको आर्थिक अवस्था अध्ययन नगरी कमिसनको लोभमा बीमा गराउने प्रवृत्तिले सरेण्डर दर बढ्न सक्ने प्राधिकरणले जनाएको छ ।  

पोलिसी त्याग गर्ने दर घटाउन प्राधिकरणले एक परिपत्र जारी गर्दै जीवन बीमा कम्पनीले पोलिसी बिक्री गर्नुपूर्व अनुमानित प्रतिफलदर सहितको तालिका बीमितलाई अनिवार्य हस्तान्तरण गरेर मात्रै बीमितले भविष्यमा प्राप्त गर्ने प्रतिफलको अनुमानित रकमबारे स्पष्ट जानकारी गराउनुपर्ने बताएको छ ।  

कुन कम्पनीबाट कतिले गरे पोलिसी त्याग ?

चालु आर्थिक वर्षको १० महिनासम्ममा सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सबाट २४ हजार ३३० जना बीमितबाट पोलिसी त्याग भएको छ । कम्पनीबाट सो अवधिसम्म कुल ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो ।  

त्यस्तै, दोस्रोमा एलआइसी नेपालबाट १७ हजार २९६ वटा बीमालेख बन्द भएका छन् । कम्पनीमा २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको प्राधिकरणले जनाएको छ ।  

यसका साथै राष्ट्रिय बीमा संस्थानबाट १० हजार ४८३ जना बीमितबाट ९० करोड २१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएका छन् भने नेशनल लाइफ इन्स्योरेन्सबाट ५ हजार ६७१ जना बीमितबाट कुल ७९ करोड ५२ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएका छन् ।  

एशियन लाइफ इन्स्योरेन्सबाट पनि ७ हजार ९४३ जना बीमितबाट पोलिसी त्याग भएका छन् । कुल ६७ करोड ७० लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ ।  

त्यस्तै, सुर्यज्योति लाइफबाट ४ हजार २१९ जना बीमितले ५८ करोड १० लाख, हिमालयन लाइफबाट ६ हजार ५०७ बीमितले ५७ करोड ८९ लाख, मेट लाइफबाट ३ हजार ३२५ बीमितले ३३ करोड ६१ लाख, सानिमा रिलायन्स लाइफबाट १ हजार ५२० बीमितले १६ करोड ५० लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफबाट ९२१ जना बीमितले १४ करोड २१ लाख रुपैयाँ बराबरको बीमि पोलिसी त्याग गरेका छन् ।  

सिटिजन लाइफबाट २ हजार १२ जना बीमितले १२ करोड १६ लाख रुपैयाँ, आइएमई लाइफबाट १ हजार १८२ जना बीमितले १० करोड ५६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफबाट १ हजार २४९ जना बीमितले ७ करोड ५७ लाख रुपैयाँ र सन नेपाल लाइफबाट ५३४ जना बीमितले ५ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका छन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.