आईतवार, भाद्र २३,२०८१ 07:34:53
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:34:53
IME remit
Global IME Bank Limited

नेपालका लागि चीनबाट हिड्यो ‘अवतार ११’, यस्तो छ मूल्य र आकर्षक फिचर्स

Hyundai Nepal
नेपालका लागि चीनबाट हिड्यो ‘अवतार ११’, यस्तो छ मूल्य र आकर्षक फिचर्स
Nabil Bank Limited

काठमाण्डौ । चौधरी समूह र एमएडब्लू समूहले संयुक्त रुपमा नेपाल ल्याउन लागेको प्रिमियम सेग्मेन्टको अवतार ब्रान्डको नयाँ कार दुई साताभित्र आइपुग्ने भएको छ ।  

पहिलो लटको कार अवतारको प्लान्टबाट नेपालतर्फ हिँडिसकेको छ।  

चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले केहि समयअघि अवतारसँग आधिकारिक बिक्रेताको सम्झौता गरेसँगै उक्त कार सीजी इभोलुसनको नामबाट आयात गर्न लागिएको हो ।  

पहिलो लटमा अवतार ११ का ४ वटा कार नेपाल ल्याउन लागिएको हो। पहिलो लट नेपाल आइसकेपछि थप कार ल्याइनेछ ।  

बाटोमा कुनै अवरोध वा प्राविधिक समस्या नआए अबको दुई सातासम्ममा भन्सार नाकामा कार आइपुग्नेछ। त्यसपछि जाँचपास गरेर त्यसको अर्को साता अर्थात असार अन्तिम सातासम्ममा अवतार ११ काठमाण्डौ आइपुग्ने जनाइएको छ ।  

पछिल्लो समय नेपालमा ईभी कार भित्राउने प्रतिष्पर्धा तीव्र बन्दै गईरहेको छ । यसै सिलसिलामा दुई प्रतिस्पर्धी व्यावसायिक घराना मिलेर चीनबाट ईभी कार भित्राउन लागेका हुन् ।

चौधरी समूहले पछिल्लोपटक अटोमोबाइल व्यापारमा प्रवेश गरेको दुई वर्षमै ठूलो सफलता हात पारिसकेको छ। करिब एक दर्जन चिनियाँ विद्युतीय सवारी ब्रान्ड ल्याउन सम्झौता गरिसकेको छ भने ६ ७ वटा ब्रान्डका विद्युतीय सवारी बिक्री गरिरहेको छ।

हाल सीजी मोटर्सले होजोनको निटा, जीएसीको आयोन, केवाईसी र किङलङका विद्युतीय भ्यान ल्याएर बिक्री गरिसकेको छ। त्यस्तै स्मार्ट, एक्सपाङ, लोटसलगायत ब्रान्डको आधिकारिक बिक्रेता नियुक्त भएर कार ल्याउने प्रक्रियामा रहेको छ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै एमएडब्लू समूहअन्तर्गत आईसी इन्जिनका एक दर्जनभन्दा बढी ब्रान्डका सवारी बिक्री गर्दै आएको छ। यसका साथै एमएडब्लू समूह विद्युतीय सवारी आयातमा पनि आक्रामक देखिएको छ। एमएडब्लू वृद्धि अटोकर्पले चाङगनको सब(ब्रान्ड) दीपल, फोटोनका विद्युतीय भ्यान, सेरेसका विद्युतीय कार बिक्री गरिरहेको छ। यसका साथै एमएडब्लूले नामी ब्रान्ड ल्याइसकेको र लिपमोटरलगायत ब्रान्ड ल्याउने सम्झौता गरेर आयात गर्ने प्रक्रियामा रहेको छ।

नेपालमा अवतार ११ को मूल्य १ करोड ४० लाखदेखि १ करोड ५० लाखसम्म पर्नसक्ने जनाइएको छ ।  

‘अवतार ११’

अवतार ११ मिड साइज लक्जरी फास्टब्याक क्रसओभर हो । यो ४ सिटे वा ५ सिटे भेरियन्टमा उपलब्ध छ । यसको ड्यासबोर्डमा १०.२५ इञ्चको डिजिटल साधन राख्ने क्लस्टर र १५.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन रहेको छ । साथै १०.२५ इन्चको प्यासेन्जर डिस्प्ले समेत रहेको छ । यसका साथै दुईवटा  वायरलेस चार्जिङ प्याड र १४ स्पिकर साउण्ड स्सिटम पनि प्रदान गरिएको छ । जसले रोडको आवाजलाई पूर्ण रुपमा निस्तेज पार्छ ।  

अवतार ११ हुवावेको हार्मोनी ओएस र ड्राइभवाज ट्इन मोटर फोर ह्विल ड्राइभ सिस्टम रहेको छ । अवतार ११ को इन्टिलिजेन्ट ड्राईभिङ सिस्टमको ३४ वटा सेन्सरले हाईवे र साघुरो रोडमा चलाउन सहयोग गर्छन । यसमा २ ब्याट्री अप्सनमा उपलब्ध छ। अवतरामा ९०.३८ किलोवाट आवर र १ सय १६.७९ किलोवाट आवर ब्याट्रीमा उपलब्ध छ ।  

सानो ब्याट्रीले एक पटकको फुल चार्जमा ५ सय ५५ किलोमिटर र ठूलो ब्याट्रीले ६ सय ८० किलोमिटर रेन्ज रहेको सीएलटीसीले प्रमाणित गरेको छ।  

यो कारको लम्बाई ४८ सय ८० एमएम, चौडाई १९ सय ७० एमएम र उचाई १६ सय १ एमएम रहेको छ। त्यस्तै यसको ह्वील बेस २९ सय ७५ एमएम छ। 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X