आईतवार, भाद्र २३,२०८१ 09:14:01
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 09:14:01
IME remit
Global IME Bank Limited

आइतबार अनुपस्थित भएका सेबोन अध्यक्षका ३ प्रत्यासीलाई कार्ययोजना प्रस्तुतिकरणका लागि बुधबार पुनः बोलाइयो

Hyundai Nepal
आइतबार अनुपस्थित भएका सेबोन अध्यक्षका ३ प्रत्यासीलाई कार्ययोजना प्रस्तुतिकरणका लागि बुधबार पुनः बोलाइयो
Nabil Bank Limited

काठमाण्डौ । आइतबार कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा उपस्थित नभएका नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका सर्टलिस्टेड उम्मेद्वारहरुलाई अर्थमन्त्रालयले आगामी बुधबार पुनः डाकेको छ ।  

अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले एक सूचना प्रकाशित गर्दै आइतबार उपस्थित हुन नसकेका उम्मेद्वारहरुलाई असार ५ गते बुधबार बिहान ९ बजे पुनः बोलाइएको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आइतबार सेबोन अध्यक्षमा सर्टलिस्टेड अन्तिम ५ मध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्र कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि पुगेका थिए ।  

बाँकी ३ जनाले आइतबारको अन्तर्वार्ता बहिस्कार गरेका थिए । आइतबार नआउने तीनैजना सत्ताको नेतृत्व गरिरहेको माओवादी निकट पात्र हुन् ।  

धितोपत्र बोर्डको अध्यक्ष आफूले नपाउने भएपछि र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले पाउने लगभग सुनिश्चित भएपछि अर्थमन्त्री वर्षमान पुनकै डिजाइनमा तीनजनाले आइतबारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता बहिस्कार गरेका हुन् ।  

२ जनाले बहिस्कार गरेसँगै अध्यक्ष छनौटमा जारी प्रक्रियामै कानूनी प्रश्न समेत उठेको छ । केही कानूनविदहरुले छनौट तथा सिफारिस समितिले कम्तीमा ३ जनाको नाम सरकारलाई दिनुपर्ने भनिएको र २ जना मात्र आई बाँकीले बहिस्कार गरेकोले जारी प्रक्रिया टुंगिएको र सेबोन अध्यक्ष नियुक्तिको नयाँ प्रक्रियाको थालनी हुनुपर्ने जिकिर गरिरहेका छन् । कानूनविदहरुको फरक फरक तर्कसँगै अर्थमन्त्रालयले भने जारी प्रक्रियालाई निरन्तरता दिंदै अनुपस्थितहरुलाई बुधबारका लागि डाकेको हो ।  

आइतबार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागार्इं र डा. नवराज अधिकारी अनुपस्थित भएका थिए । नियोजित ढंगले प्रस्तुतीकरण र अन्तर्वार्तामा नआएका उनीहरुकै लागि बुधबारको मिति तोकिएको हो । बुधबार पनि उनीहरु नगए अध्यक्ष नियुक्तिको जारी प्रक्रिया के हुने भन्ने थप अन्यौल सिर्जना भएको छ ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X