शनिबार, फाल्गुन १०,२०८१ 10:07:44
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:07:44
IME remit
Global IME Bank Limited

माओवादीनिकटका उम्मेद्वार सम्पर्कविहीन भएपछि सेबोन अध्यक्ष छनौट प्रक्रिया रद्द हुने अवस्थामा

Hyundai Nepal
माओवादीनिकटका उम्मेद्वार सम्पर्कविहीन भएपछि सेबोन अध्यक्ष छनौट प्रक्रिया रद्द हुने अवस्थामा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौटको प्रक्रिया थप रोचक हुने देखिएको छ ।

आइतबार अर्थमन्त्रालयको वित्तीय समन्वय महाशाखाले धितोपत्र बोर्डको नयाँ अध्यक्ष छनौटका क्रममा सिफारिस समितिबाट सर्टलिस्टेड ५ उम्मेद्वारलाई कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि राष्टिय योजना आयोगको सभाहलमा बोलाएको थियो । तर, सो दिन ५ सर्टलिस्टेडमध्ये २ जना मात्र पुगेका थिए । माओवादी निकटका बाँकी ३ उम्मेद्वारहरुले भने कर्मकाण्डी अन्तर्वार्ता भन्दै बहिस्कार गरी सम्पर्कविहीन भएका थिए । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रियाका लागि बनेको वैधानिक व्यवस्थाअनुसार सिफारिस समितिले कम्तीमा ३ जनाको नाम छनौट गरेर सरकारलाई सिफारिस गर्नुपर्छ र सरकारले ती नाममध्येबाट एकजनालाई धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्नसक्छ । ५ जना उम्मेद्वार सर्टलिस्टेड भइसकेको अवस्थामा २ जनाको नाम मात्र पठाएर प्रक्रियाले वैधानिकता पाउँदैन । यही कुरा बुझेका अर्थमन्त्री वर्षमान पुनकै योजना र निर्देशनमा माओवादी निकटका तीन उम्मेद्वारहरु कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारी आइतबार अन्तर्वार्ता दिन नगएका हुन् ।  

सेबोन अध्यक्ष छनौट प्रक्रिया नै धरापमा परेपछि अर्थमन्त्रालयले आइतबार अनुपस्थित हुने उम्मेद्वारहरुका लागि बुधबार(आज)को समय दिएर बोलाएको छ । तर, आज पनि तीन उम्मेद्वार कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि पुग्ने सम्भावना छैन । सुनियोजित ढंगले नै धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया धरापमा पार्ने र नयाँ प्रक्रियाको थालनीको वातावरण बनाउने गरी काम भइरहेको देखिएको छ ।  

अर्थमन्त्री वर्षमान पुन अर्थमन्त्रालयबाट आफू निकटका कर्मचारी पठाएर धितोपत्र बोर्ड चलाउन चाहन्छन् । यदि अहिलेको जारी प्रक्रिया रद्द भई नयाँ सुरुवात भयो भने केही महिना लाग्ने र सो क्रममा पूँजीबजारलाई आफ्नो स्वार्थअनुकूल चलाउने अर्थमन्त्रीको योजना छ । यही योजनाअनुसार नै बुधबार पनि आइतबार अनुपस्थित भएका माओवादीनिकटका तीनैजना उम्मेद्वार उपस्थित नहुने स्रोतको भनाई छ ।  

कहाँ छन् तीन उम्मेद्वार ?

आइतबारको अन्तर्वार्तामा एमाले निकटका सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र पुगेका थिए । डा. अधिकारी, कार्की र चापागाईं एकाएक गायब भएका थिए । बुधबार चाहिँ उनीहरु कहाँ छन् त ? धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत समेत रहेका कृष्णबहादुर कार्की एक सातादेखि कार्यालय नै गएका छैनन् । अधिकारी आफू बिरामी भएर अस्पताल भर्ना भएको भन्दै धितोपत्र बोर्डमा जानकारी गराएका छन् भने कार्की चाहिँ एकसातादेखि नै काठमाण्डौ फर्किएका छैनन् । सेयर बजार सचेतनाको कार्यक्रममा सुर्खेत लगायतका जिल्ला पुगेका कार्की मंगलबारसम्म पनि कार्यालय पुगेका छैनन् । उनी अधिकांश समय मोवाइल स्वीचअफ गरेर बसेका छन् ।  

बीमा समितिका पूर्व अध्यक्ष तथा सेबोनका अर्का उम्मेद्वार चिरञ्जिवी चापागाई समेत सम्पर्कविहीन छन् ।  

यी सबै घटनाक्रमलाई नियाल्दा र उम्मेद्वारहरुको कार्यशैलीलाई अध्ययन गर्दा बुधबार पनि तीनैजना अन्तर्वार्ताका लागि नजाने सम्भावना प्रवल देखिएको छ ।  

आज(बुधबार) ९ बजेदेखि नै अन्तर्वार्ताका लागि आइतबार अनुपस्थितहरुलाई बोलाइएकोमा यो समाचार तयार पार्दासम्म पनि कुनै पनि उम्मेद्वार सिंहदरबार पुगेका छैनन्।  

अर्थमन्त्रालयका वित्तीय ब्यवस्था महाशाखाका प्रमुख नारायण रिसालले आइतबार अनुपस्थित उम्मेद्वारहरु आफूहरुको सम्पर्कमा नभएको प्रष्ट पारे । उनले थपे–‘हेरौ आज के हुन्छ ? परिस्थितिअनुसार अगाडि बढ्नुपर्ला ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.