आईतवार, भाद्र २३,२०८१ 07:30:59
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:30:59
IME remit
Global IME Bank Limited

बिक्न छाडेपछि सेरेस थ्रीको रिब्राण्डिङ: यूरोपमा 'खत्तम इभी'को उपमा, नेपालमा भ्रमको खेती

Hyundai Nepal
बिक्न छाडेपछि सेरेस थ्रीको रिब्राण्डिङ: यूरोपमा 'खत्तम इभी'को उपमा, नेपालमा भ्रमको खेती
Nabil Bank Limited

काठमाण्डौ । समस्यै समस्या देखिएको विद्युतीय गाडी सेरेस ३ मा ग्राहकको चासो घट्न थालेपछि रि ब्राण्डिङ गर्न एमएडब्ल्यू वृद्धि बाध्य भएको छ ।  

एमएडब्ल्यू वृद्धिले सेरेस–३ गाडी यसअघि भित्र्याएर भ्रम छर्दै केही गाडी बिक्री गर्ने सफलता पाएको थियो । तर, बिक्री भएका गाडीहरुमा एकपछि अर्को समस्या देखिएपछि ग्राहकहरु हैरानीमा पर्दै आएका छन् । सेरेस थ्रीको ब्राण्ड नाम नै नेपालमा बिग्रिएपछि कम्पनीले नयाँ मोडेलको गाडी भन्दै सेरेस थ्रीको रिब्राण्डिङ गरेको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रिब्राण्डिङसँगै कम्पनीले नेपालमा बिक्रीवितरण हुने गाडीको मूल्य समेत पहिलाको तुलनामा बढाएको छ । पहिला ४८ लाख रुपैयाँ हाराहारीमा रहेको सुरुवाती मूल्य अहिले बढाएर ५० लाख पुर्याइएको छ । पहिलाको तुलनामा २ लाख रुपैयाँले गाडीको मूल्य बढाइएको छ। त्यसै पनि समस्यै समस्या देखिएका कारण ग्राहक असन्तुष्ट बनेका र त्यसमाथि मूल्य बढाउँदा ग्राहकहरुले भने यो गाडीको विषयमा ध्यान दिन छाडेका एमएडब्ल्यूकै एक कर्मचारीले बताए । ‘सेरेसको ब्राण्ड नै खराब भएका कारण अहिले यो गाडी बिक्री गर्न कठीन छ । बुकिङ पनि एकदमै कम छ ।’ ती कर्मचारीले बिजशालासँग भने–‘यो गाडीको बिग्रिएको ब्राण्ड सुधार्न कम्पनीले विभिन्न हत्कण्डा प्रयोग त गरेको छ, तर यसको प्रभाव पर्लाजस्तो देखिएको छैन।’ 

सम्बन्धित समाचारहरु:

1.Seres-3 मा देखिए यी १० गम्भीर समस्या, इभीप्रेमीका लागि छैन उपयुक्त

2.Seres-3 EV को ब्रेकिङमा गम्भीर समस्या, एमएडब्ल्यूबाट गाडी किनेका ग्राहकमाथि यो हदसम्मको फ्रड !

चीनमा बनेको इलेक्ट्रिक एसयूभी सेरेस थ्रीमा निकै धेरै समस्याहरु छन् । यिनै गाडी यूरोपियन बजारमा समेत पुगेका छन्, तर त्यहाँ एकपछि अर्को समस्या आएका कारण बिक्री अत्यन्त न्यून छ । यूरोपियन बजारमा उपलब्ध कतिपय इभी विज्ञहरुले त ब्लग नै लेखेर हदैसम्मको दुःख पाउने हो भने मात्र सेरेस थ्री लिनु भन्नेसम्मको सुझाव दिएका छन् । यूरोपमा ‘सबैभन्दा गुणस्तरहीन र खत्तम इभी एसयूभी’को उपमा पाएको गाडीलाई विष्णुकुमार अग्रवालको कम्पनीले भने नेपालमा रिब्राण्डिङ गर्दै बिक्री बढाउन खोजिरहेको हो ।    

एमए डब्ल्यू वृद्धिले नेपालमा यसअघि सेरेस थ्रीका करिब २०० बढी युनिट बिक्री गरिसकेको थियो । त्यसबेला भ्रमपूर्ण विज्ञापनको पछि लागेर नेपालीहरुले गाडी किनेका थिए । तर, बिक्रीपछिको सेवामा भने ग्राहकले निकै ठूलो लफडा भोग्दै आएका छन् । गाडीमा एकपछि अर्को समस्या उस्तै गरी बढ्यो भने पीडामा परेकाहरुले न्याय पाउनका लागि मिडियालाई गुहार्नेसम्मको अवस्था आइलाग्यो । ती पीडितहरुको समस्या समाधान भन्दा पनि कम्पनीले भने फेरि पनि भ्रमपूर्ण प्रचारप्रसारमै ध्यान दिएको पाइएको छ ।  

कम्पनीले सेरेस थ्रीमा २० प्रतिशतभन्दा बढी मार्जिन राखेर नयाँ मूल्य कायम गरेको छ । ४० लाख हाराहारीमा कम्पनीकै लागत पर्नेमा प्रत्येक गाडीमा १० लाख रुपैयाँ मार्जिन राखिएको छ ।  

नेपालमा आयात गरेको सामानमा परेको मूल्य(खर्च समेत जोडी)को २० प्रतिशतभन्दा बढी मार्जिन राख्न नपाइने कानूनी व्यवस्था रहेको छ । एमएडब्ल्यू वृद्धिले भने यस्तो कानूनी व्यवस्थाको धज्जी उडाउँदै सेरेसको मूल्यमा २५ प्रतिशत मार्जिन राखेको पाइएको छ ।  

यही कम्पनीले भित्र्याएको टेस्लाको साइबर टकको कपीजस्तो देखिने दिपल ७ को मूल्यमा त ब्रम्हलुट नै गरिएको छ । (दिपलको मूल्यमा भएको ब्रम्हलुटसम्बन्धी समाचार अर्को अंकमा)।  

लण्डनको एक चर्चित पत्रिकाका सम्पादकले सेरेस थ्री इभीको विषयमा लेखेको यो ब्लग पनि पढ्नुस् :

Seres 3: Why this Chinese SUV is the worst EV I’ve driven

 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X