बिहीबार, असार ११,२०८३ 01:04:34
Bizshala
  • बिहीबार, असार ११,२०८३ 01:04:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनभीक्यूएस कार्यान्वयनमा निजी क्षेत्रको सहयोग अपरिहार्य: प्रदेश सचिव गैरे

Laxmi Sunrise Bank Limited
एनभीक्यूएस कार्यान्वयनमा निजी क्षेत्रको सहयोग अपरिहार्य: प्रदेश सचिव गैरे

काठमाण्डौ । बाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली (एनभीक्यूएस) कार्यान्वयनका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन् ।  

मन्त्रालयको आयोजना तथा भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा संघको सभाहलमा आइतबार सञ्चालन भएको राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसँगको सहकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रदेश सचिव गैरेले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली प्रभावकारी रुपमा कार्यान्वयनका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुसँग आग्रह गरेका हुन् । देशमा सीप भएर पनि बिना प्रमाणपत्र काम गरिरहेका धेरै श्रमिक, मजदुरहरु रहेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई प्रमाण पत्र उपलब्ध गराउने र थप तालिमको व्यवस्था मिलाई दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यका साथ सामाजिक विकास मन्त्रालयले काम गरिरहेको बताए ।  

व्यावसायिक क्षेत्रमा आवश्यकता अनुसारका जनशक्ति उत्पादनका लागि सरकारी निकाय र निजी क्षेत्र हातेमालो गरी अगाडि बढ्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।  

New Office
CG Motors
Garima Development Bank

संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले शैक्षिक योग्यताको प्रमाणपत्र भएर पनि रोजगारी नपाउने वा हातमा व्यावसायिक सीप भएर पनि प्रमाणपत्र खोज्ने परम्पराको अन्त्य गर्न, औपचारिक तथा अनौपचारिक पद्धतिबाट सिकेका वा कार्य अनुभवबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई परीक्षण गरी श्रम बजारले तयार गरेको दक्षताको स्तर तथा मापदण्डसँग योग्यता निर्धारण गर्न राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली आवश्यक रहेको बताइन् । उनले वर्तमान अवस्थामा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयन गर्नु अपरिहार्य रहेकोमा जोड दिइन् । उनले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनका लागि भक्तपुर जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन भक्तपुर उद्योग वाणिज्य संघ सहयोग र सहकार्य गर्न तयार रहेको बताइन् ।  

मन्त्रालयका उपसचिव खुविराम अधिकारी, भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरलगायतले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनको लागि निजी क्षेत्रको साथ आवश्यक रहेको भन्दै सबै उद्योगी व्यवसायीहरुले सहयोग गर्नुपर्नेमा जोड दिए ।  

कार्यक्रममा नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना बागमती प्रदेशका प्राविधिक संयोजक सुकबहादुर चौधरीले प्रस्तुतीकरण गरेका थिए । उनले प्रस्तुतीकरणको क्रममा बागमती प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको कार्यान्वयनको अवस्था, राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा प्रदेश सरकारले गरेका पहलहरु, नेपाल व्यावसायिक योग्यता प्रणालीको संक्षिप्त जानकारी, यसको आवश्यकता र राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यान्वयनमा निजी क्षेत्रको भूमिका, पूर्वसिकाई मान्यताबाट सीप परिक्षण एवं रोजगारीको लागि अनलाइन डाटाबेस सिस्टमको बारेमा जानकारी गराएका थिए ।  

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, जिल्लास्थित वस्तुगत संघका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु गरी ७० जना सहभागी भएका थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.