काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनिर्वाचित अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् ।
नेपाल राष्ट्र बैंक पोखरा कार्यालय प्रमुख, निर्देशक विना ढकाल पौडेलसमक्ष उनले सपथ ग्रहण गरेकी हुन् । संस्थाको गत जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकबाट लामिछाने अध्यक्ष पदमा चयन भएकी थिइन् ।
उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ दफा १२७ को उपदफा (१) बमोजिम असार १७ गते नेपाल राष्ट्र बैंक पोखरा कार्यालय प्रमुख ढकालसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन् ।