बिहीबार, बैशाख ११,२०८२ 05:54:26
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 05:54:26
IME remit
Global IME Bank Limited

नेपाल बैंकर्स संघ र युएसएड ट्रेडको संयुक्त आयोजनामा हेजिङ्गसँग सम्बन्धित विषयमा छलफल सम्पन्न

Hyundai Nepal
नेपाल बैंकर्स संघ र युएसएड ट्रेडको संयुक्त आयोजनामा हेजिङ्गसँग सम्बन्धित विषयमा छलफल सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बैंकर्स संघ र USAID Trade and Competitiveness को संयुक्त आयोजनामा “Implementation of Institutional Mechanism for Hedging Facility And Suggestions for the Q2 Review Of Monetary Policy2080/81 ” विषयक Policy Dialogue सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उदेश्य मौद्रिक नीति २०८०/८१  मा भएका केहि नीतिगत व्यवस्था र त्यसका कार्यान्वयनका पक्षहरुको बारेमा अन्तरक्रिया तथा हेजिङ्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

कार्यक्रममा बोल्दै संघका अध्यक्ष सुनिल केसीले नेपालको आर्थिक विकासको लक्ष्य, अन्तराष्ट्रिय जगतमा गरिएको प्रतिबद्धता परिपूर्तिको लागि ठुलो लगानी खाँचो पर्ने अवस्थामा बाह्य लगानीलाई कसरी भित्राउन सकिन्छ भन्ने विषय महत्वपुर्ण रहेको बताए । नेपालले लिएको दिगो विकासको लक्ष्य हासिल गर्न पनि ठूलोस्रोत चाहिने र देश भित्रका बैंक तथा वित्तीय संस्थाले मात्र त्यसको परिपूर्ति गर्न नसक्ने अवस्थामा बैदेशिक लगानी अपरिहार्य रहेकाले सरकारले यसको सहजताको लागि थप पहल गर्नुपर्ने धारणा उनल ेराखे ।  

कार्यक्रममा शिशिर कुमार ढुङ्गानाले प्रस्तुतीकरण दिदैँ सरकारले आर्थिक वर्ष २०७५र७६ को वजेट वक्तव्य मार्फत विदेशी लगानीकर्ताहरुलाई हेजिङ्ग सुविधा प्रदान गर्ने नीति घोषणा गरेको भएता पनि हालसम्म हेजिङ्ग नियमावली, २०७९ पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताए । त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र बिभिन्न निकायहरुले कस्तो भूमिका खेल्न सक्छन भन्ने बिषय तथा हेजिङ्ग सँग सम्बन्धित नीति कार्यान्वयनका लागि भएका प्रयासहरु , हालसम्म सम्पन्‍न भएका कार्यहरु, नीति कार्यान्वयनको जिम्मेवार निकाय, हेजिङ्ग सुविधा प्राप्‍त गर्न अवलम्वन गर्नुपर्ने प्रक्रिया, उपयोग तथा लगानीको सीमा जस्ता विविध पक्षहरुका बारेमा प्रकाश पारे ।  

त्यसैगरीअर्थ मन्त्रालयकासह–सचिव महेश आचार्यले हेजिङ्गको विषयमा नेपाल सरकार गम्भीर रहेको र आपसी समझदारी र सहकार्यबाट यसलाई प्रभावकारी बनाउन तयार रहेको बताए ।  

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफलका क्रममा उठेको विषयहरुलाई सम्बोधन गर्दै देशका उद्योगी, व्यवसायी र बैंक सबैको मनोबल उच्च भएमा मात्र देशको आर्थिक विकासमा यसले सकारात्मक प्रभाव पार्ने कुरामा नेपाल राष्ट्र बैंक स्पष्ट रहेको र सोहि अनुसार नेपाल राष्ट्र बैंकले नीति निर्देशन तर्जुमा गर्ने गरेको बताए । बैंकहरुले कुनै न कुनै रुपमाहेजिङ्गको  सुविधा उपभोग गर्दै आएको र बैंकले आफ्नो क्षमता तथा प्राविधिक दक्षताको आधारमा त्यसको उपयोग गर्न सकिने उनले बताए ।  

कार्यक्रमको अन्त्यमा बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले मौद्रिक नीतिमा भएका केही नीतिगत व्यवस्थाहरु र हेजिङ्ग जस्तो महत्वपूर्ण बिषयमा सम्बन्धित सबै सरोकारवालाहरु एकै ठाउँमा छलफल गर्ने वातावरण बनेकाले कार्यक्रम निकै उपलब्धिमूलक भएको बताए ।  

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु तथा निर्देशकहरु, विभिन्न सरकारी निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीरप्रतिनिधिहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र अन्य पदाधिकारीहरु लगायतको उपस्थिति थियो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.