शनिबार, श्रावण १०,२०८२ 06:14:38
  • शनिबार, श्रावण १०,२०८२ 06:14:38
Global IME Bank Limited

जापानको सेयर बजार ३५ वर्षे रेकर्ड तोड्दै हालसम्मकै उच्च विन्दुमा

Hyundai Nepal
जापानको सेयर बजार ३५ वर्षे रेकर्ड तोड्दै हालसम्मकै उच्च विन्दुमा
Shivam Cement

काठमाण्डौ । जापानको सेयर बजार इन्डेक्स ‘टोपिक्स’ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहिबार टोपिक्स इन्डेक्स २ हजार ८८६.५० विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो । टोपिक्सले सन् १९८९ को ३५ वर्षे रेकर्ड तोड्दै नयाँ उचाई हासिल गरेको हो ।  

टोपिक्स इन्डेक्स ०.३७ प्रतिशत बढ्दा जापानकै अर्को इन्डेक्स निक्की२२५ पनि ०.२ प्रतिशतले बढेको छ । निक्की२२५ पनि आफ्नो अल टाइम हाईको विन्दु ४० हजार ८८८.४३ विन्दुभन्दा २ सय अंक मात्रै पछि छ ।  

जापानका कम्पनीहरुले यो वर्ष बितेको ३ दशककै उच्च तलब वृद्धि गरेका छन् । युनियनमा आवद्ध कर्मचारीहरुको तलब यो वर्ष औषतमा ५.१ प्रतिशतले वृद्धि भएको छ । ३ सय भन्दा ठूला कम्पनीहरुले औषतमा ५.१९ प्रतिशतले तलब बढाएका छन् भने साना कम्पनीहरुले ४.४५ प्रतिशतले वृद्धि गरेका छन् ।  

बढ्दो तलब तथा ज्यालाले जापानको केन्द्रीय बैकलाई ब्याजदर बढाउन र देशको मौद्रिक नीतिलाई सामान्यीकरण गर्न सहयोग पुर्याएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.