शनिबार, श्रावण २,२०८३ 08:44:09
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:44:09
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि पुरानै प्रक्रिया यथावत राख्ने आदेशलाई सर्वोच्चद्वारा निरन्तरता

धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि पुरानै प्रक्रिया यथावत राख्ने आदेशलाई सर्वोच्चद्वारा निरन्तरता
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन आदेशलाई नै निरन्तरता दिएको छ ।  

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले गत असार १८ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले धितोपत्र बोर्डको अध्यक्षका एक उम्मेद्वार सन्तोषनारायण श्रेष्ठले दिएको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै पुरानो प्रक्रिया रद्द नगर्न सरकार र सम्बद्ध सरोकारवालाको नाममा अल्पकालीन अन्तरिम आदेश दिएका थिए । 

सेबोन अध्यक्षका लागि सर्टलिस्टेड अन्तिम ५ जनामध्ये ३ जना उम्मेद्वार अन्तर्वार्ता तथा कार्यपत्र प्रस्तुतिकरणमा अनुपस्थित भएको भन्दै सरकारले छनौट प्रक्रिया नै रद्द गरेको थियो । यसका लागि अध्यक्ष छनौट समितिले महान्यायाधिवक्ता कार्यालयको कानूनी राय समेत मागेको थियो । महान्यायाधिवक्ता कार्यालयले समितिलाई  २ जनाको नाम सिफारिस गर्न नमिल्ने र कम्तीमा ३ जनाको नाम सिफारिस गर्न सक्ने सुझाव दिएको थियो ।

धितोपत्र बोर्डको अध्यक्षको दाबेदार मध्येका एक, सन्तोष नारायण श्रेष्ठ अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालत गएका थिए । उनले प्रक्रिया रद्द गर्न नमिल्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.