शनिबार, असार १४,२०८२ 04:10:02
  • शनिबार, असार १४,२०८२ 04:10:02
Global IME Bank Limited

एकैदिन १० अर्बले बढ्यो निक्षेप संकलन, कति छ अन्तरबैंक ब्याजदर ?

Hyundai Nepal
एकैदिन १० अर्बले बढ्यो निक्षेप संकलन, कति छ अन्तरबैंक ब्याजदर ?
Nabil Bank Limited

काठमाण्डो । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन १० अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको ताज आँकडाअनुसार असार १७ गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब ४५ अर्ब रहेको छ । गत असार १६ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६३ खर्ब ३५ अर्ब रुपैयाँ नै निक्षेप संकलन रहेको थियो । यसरी एक दिनको अवधिमा बैंकिङ प्रणालीमा १० अर्ब रुपैयाँ थपिएको हो ।  

वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ९ अर्बले बढ्दै ५६ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । गत असार १६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ५६ खर्ब १३ अर्ब रुपैयाँ थियो । अन्य वित्तीय संस्थाको निक्षेप संकलन भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब २२ अर्ब रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

निक्षेप संकलनसँगै बैंकिङ प्रणालीको कर्जा प्रवाह पनि बढेको छ । गत असार १६ गतेसम्म ५१ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असार १७ गतेसम्म भने ५१ खर्ब ५१ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ ।  

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि १ अर्बले बढेको छ । असार १७ गतेसमम वाणिज्य बैंकहरुबाट ४५ खर्ब ५७ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ । असार १६ गतेसम्म ७९.१८ प्रतिशत रहेको सीडी रेसियो घटेर ७९.०९ प्रतिशतमा सीमित बनेको छ ।  

यस्तै अन्तर बैंक ब्याजदर भने स्थिर अर्थात ३ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.