शुक्रबार, बैशाख ११,२०८३ 02:12:29
Bizshala
  • शुक्रबार, बैशाख ११,२०८३ 02:12:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच धितो बन्धक रोक्का फुकुवासम्बन्धी सम्झौता

Bizshala
सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच धितो बन्धक रोक्का फुकुवासम्बन्धी सम्झौता
Shivam Cement

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग, बबरमहल, काठमाण्डौबीच अनलाईन प्रणालीमार्फत धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक र कार्यालयबीच असार २४ गते दुईपक्षिय हस्ताक्षर भएको हो ।  

सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले र भूमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरी समझदारीपत्र आदानप्रदान गरेका छन् । नेपाल सरकारले आफू मातहतका निकायहरुलाई डिजिटाईशेन गर्ने क्रममा लग्दै गएको र सो अन्तर्गत नै अनलाईनमार्फत रोक्का÷रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने बिश्वास लिएको विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले बताए । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अनलाईन प्रणालीमार्फत रोक्का/रोक्का फुकुवा गर्दा बैंक तथा बित्तीय संस्थाहरुलाई पनि सहज तथा सरल हुने र वर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षीत राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने बिश्वास लिएको धारणा व्यक्त गरे ।  

सो कार्यक्रममा बैंकका तर्फबाट कर्जा प्रशासन विभाग, मार्केटिङ विभागको समेत उपस्थिती रहेको थियो भने बिभागका तर्फबाट कर्मचारी प्रशासन शाखाका निर्देशक हरिकृष्ण सुबेदी, मालपोत तथा भुमि सुधार शाखा (जग्गा प्रशासन) का निर्देशक तथा विभागका प्रवक्ता रोशन शङ्कर घिमिरे , योजना तथा अभिलेख शाखाका निर्देशक बेद प्रसाद अर्याल, भु–सुचना प्रविधीका कम्प्युटर अधिकृत हरिशरण थापालगायतको उपस्थिती रहेको थियो । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.