काठमाण्डौ । पछिल्लो समय राम्रो प्रर्दशन गरिरहेको जापानको सेयर बजारले पुनः नयाँ उचाई चुमेको छ । मंगलबार जापानका सेयर बजार २.१५ प्रतिशतले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आज निक्की२२५ इन्डेक्स ८८५.९१ अंकले बढेर ४१ हजार ६६५.२८ को विन्दुमा पुगेको छ । जुन अहिलेसम्मकै उच्च विन्दु हो । सेमीकन्डक्टर कम्पनीहरुको सेयरमूल्यमा आएको उछालका कारण निक्की२५ ले नयाँ उचाई हासिल गरेको हो ।
पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा देखिएका केहि सुधारका संकतेहरुले लगानीकर्ता उत्साहित बन्दा विश्वका ठूला सेयर बजारहरु वृद्धि भईरहेका छन् ।
अमेरिकी डलरको तुलनामा ३८ वर्षकै कमजोर बनेको जापानिज येन हाल प्रतिडलर १६१ कायम छ ।
आज ताइवानको सेयर बजार पनि ०.३ प्रतिशत र हङकङको हाङसेङ इन्डेक्स पनि ०.३ प्रतिशतले बढेको छ ।