काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन तीव्र गतिमा वृद्धि भईरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा आँकडाअनुसार असार २४ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ३३ अर्ब पुगेको छ । गत असार २३ गतेसम्म भने ६४ खर्ब २१ अर्बबराबरको निक्षेप थियो ।
यसरी एकैदिनमा १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । असार २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ९५ अर्ब रहेको थियो । यसरी वाणिज्य बैंकहरुको निक्षेप पनि एक दिनको अन्तरालमा १० अर्बले बढेको छ ।
अन्य वित्तीय संस्थाको निक्षेप पनि २ अर्बले बढेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप संकलनको अनुपातमा कर्जा प्रवाह भने निकै सुस्त रहेको छ । असार २४ गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ५७ अर्बबराबरको कर्जा प्रवाह भएको छ । असार २३ गतेसम्म भने ५१ खर्ब ५४ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।
निक्षेप बढ्दै जादा र कर्जा प्रवाह सुस्त बन्दा सीडी रेसियो निरन्तर ओरालो लागिरहेको छ । सीडी रेसियो ७८.२४ प्रतिशतबाट घटेर ७८.१३ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर पनि औषत विन्दु ३ प्रतिशतबाट घटेर २.९३ प्रतिशतमा झरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (8).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        (236).jpg) 
                                        .jpg) 
                                        (1)(2)(3).png) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                