काठमाण्डौ । अघिल्लो दिन अल टाइम हाईमा पुगेको जापानको सेयर बजारमा आज पहिरो गएको छ । आज जापानको सेयर बजार इन्डेक्स निक्की२२५ २.०६ प्रतिशत अर्थात ८७१ अंकले घटेको छ । यससँगै निक्की२२५ ४१ हजार ३५२ विन्दुमा सीमित बनेको छ ।
अघिल्लो दिन इन्ट्रा डे कारोबारमा निक्की२२५ ले पहिलोपटक ४२ हजार विन्दु पार गरेको थियो । निक्की२२५ १.०७ प्रतिशत अर्थात ४४९ अंकले बढ्दै ४२ हजार २८१ विन्दुमा पुगेको थियो ।
जापानिज येनमा रातारात आएको वृद्धिलाई नियन्त्रण गर्न जापानका मुद्रा कुटनीतिज्ञहरुले हस्तक्षेप गर्नसक्ने अभिव्यक्ति दिएसँगै जापानको सेयर बजारमा पहिरो गएको हो । बिहिबार येनको मूल्य झण्डै ३ प्रतिशतले बढेको थियो । जुन एकदिनमा भएको सन् २०२२ पछिकै धेरै वेद्धि हो ।