शनिबार, असार १४,२०८२ 04:23:32
  • शनिबार, असार १४,२०८२ 04:23:32
Global IME Bank Limited

निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेर ६४.६२ खर्ब पुग्यो, सिडी रेसियो र अन्तरबैंक ब्याजदर भने घट्यो

Hyundai Nepal
निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेर ६४.६२ खर्ब पुग्यो, सिडी रेसियो र अन्तरबैंक ब्याजदर भने घट्यो
Nabil Bank Limited

काठमाण्डो । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको ताज आँकडाअनुसार असार २७ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ६२ अर्ब रहेको छ । गत असार २६ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६४ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको थियो । यसरी एक दिनको अवधिमा बैंकिङ प्रणालीमा ५ अर्ब रुपैयाँ थपिएको हो ।  

वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ३ अर्बले बढ्दै ५७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । गत असार २६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ५७ खर्ब २९ अर्ब रुपैयाँ थियो । अन्य वित्तीय संस्थाको निक्षेप संकलन पनि १ अर्ब रुपैयाँले बढेको छ । अन्य वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब २९ अर्ब रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

निक्षेप संकलन बढेतापनि बैंकिङ प्रणालीको कर्जा प्रवाह भो स्थिर रहेको छ । गत असार २६ गतेसम्म ५१ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असार २७ गतेसम्म पनि ५१ खर्ब ५० अर्ब रुपैयाँबराबरकै कर्जा प्रवाह भएको छ ।  

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि स्थिर अर्थात ४५ खर्ब ५५ अर्ब रहेको छ । असार २६ गतेसम्म ७७.७५ प्रतिशत रहेको सीडी रेसियो घटेर ७७.६९ प्रतिशतमा सीमित बनेको छ ।  

यस्तै अन्तर बैंक ब्याजदर पनि २.९८ प्रतिशतबाट घटेर २.९३ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.