बुधबार, श्रावण ६,२०८३ 01:45:35
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 01:45:35
Bizshala
Global IME Bank Limited

निक्षेप संकलन ६४.८२ खर्ब पुग्दा कर्जा प्रवाह ११ अर्बले बढ्यो,सिडी रेसियोमा सुधार

निक्षेप संकलन ६४.८२ खर्ब पुग्दा कर्जा प्रवाह ११ अर्बले बढ्यो,सिडी रेसियोमा सुधार
New Office

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले असार ३० गतेसम्मको सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो । गत असार २९ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ७७ अर्बबराबरको निक्षेप थियो । यसरी एक दिनको अन्तरालमा ५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ४ अर्बले वृद्धि भएको छ। कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ । असार २९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ४७ अर्ब रहेको थियो ।  

अन्य वित्तीय संस्थाको निक्षेप भने १ अर्बले बढेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब ३१ अर्बबाट बढेर ७ खर्ब ७२ अर्ब पुगेको छ । यो अवधिमा कर्जा प्रवाह पनि ११ अर्बले बढेको छ । असार ३० गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ६० अर्बबराबरको कर्जा प्रवाह भएको छ । असार २९ गतेसम्म भने बैंकिङ प्रणालीबाट ५१ खर्ब ४९ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।      

सीडी रेसियोमा केहि सुधार आएको छ । सीडी रेसियो ७७.५१ प्रतिशतबाट बढेर ७७.६१ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने २.९३ प्रतिशत कायम छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.