सोमबार, असार १६,२०८२ 08:48:46
  • सोमबार, असार १६,२०८२ 08:48:46
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, एउटैले गर्यो झण्डै २ अर्बको कारोबार

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, एउटैले गर्यो झण्डै २ अर्बको कारोबार
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन भोल्युम तथा कारोबारले छलाङ मार्दा शीर्ष १० ब्रोकरहरुमध्ये ७ वटाबाट उच्च खरिद भएको छ । उच्च खरिद गर्नेमा आज नाशा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) रहेको छ । यो ब्रोकरबाट आज झण्डै २ अर्बको कारोबार भएको छ । यस ब्रोकरले करिब १ अर्ब ९० करोडबराबरको कारोबार गरेको छ । यस ब्रोकरबाट १ अर्ब ६ करोडको खरिद र ८२ करोडबराबरको बिक्री गरेको छ । बाँकी भने म्याचिङ भएको छ ।

त्यसैगरि, उच्च खरिद गर्ने दोस्रो स्थानमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) रहेको छ । यस ब्रोकरबाट आज ६५ करोड ४५ लाखको खरिद र ६२ करोड ४२ लाखको बिक्री भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४)बाट ६३ करोड ४६ लाख रुपैयाँको खरिद र ५७ करोड ६७ लाखबराबरको बिक्री भएको छ । चौथो स्थानमा रहेको डाइनमिक मनी म्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४४) बाट खरिदको तुलनामा बिक्री बढी भएको छ । यो ब्रोकरबाट ५८ करोडको खरिद र ६३ करोडको बिक्री भएको छ ।

त्यसैगरि,  पाँचौ स्थानको सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२)बाट खरिद बढी भएको छ । यस ब्रोकरबाट ५९ करोडको खरिद र ५८ करोडको बिक्री भएको छ ।  अनलाइन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४९) बाट पनि खरिद बढी भएको छ । यस ब्रोकरबाट करिब ५१ करोडको खरिद र ४९ करोडको बिक्री भएको छ । सातौं स्थानमा रहेको आर्यतार सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५७) बाट खरिद बढी भएको छ । यस ब्रोकरबाट ५१ करोड ५६ लाखको खरिद र ४१ करोड ३८ लाखबराबरको बिक्री भएको छ ।

आठौं स्थानमा रहेको एबीसी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १७) बाट बिक्री बढी भएको छ । यस ब्रोकरबाट ३७ करोड ६२ लाखको खरिद र ५१ करोड ४७ लाखबराबरको बिक्री भएको छ । नवौं स्थानमा रहेको दीप शिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नम्बर ३८)बाट खरिद बढी भएको छ । यस ब्रोकरबाट ४४ करोडको खरिद र ४२ करोड रुपैयाँबराबरको बिक्री भएको छ । १० औं स्थानमा रहेको लिञ्च सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४१)बाट बिक्री बढी भएको छ । यो ब्रोकरबाट ३० करोडको खरिद र ५० करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.