शनिबार, चैत्र ३०,२०८१ 06:05:02
IME remit
  • शनिबार, चैत्र ३०,२०८१ 06:05:02
IME remit
Global IME Bank Limited

नेपालमा एस ईभीका दुई नयाँ भेरियन्टहरू सार्वजनिक, यस्तो छ मूल्य

Hyundai Nepal
नेपालमा एस ईभीका दुई नयाँ भेरियन्टहरू सार्वजनिक, यस्तो छ मूल्य
Nabil Bank Limited

काठमाण्डौ । टाटा मोटर्स, भारतको अग्रणी बहुराष्ट्रिय मोटरगाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिमार्फत् एस ईभीका दुई नयाँ भेरियन्टहरू Ace EV CLB  र Ace EV Flat Bed नेपाली बजारमा सार्वजनिक गरेको छ ।  

टाटा एस ईभी कन्टेनर भेरियन्टको उल्लेखनीय सफलता, बढ्दो माग, बजारको प्रवृति र थप ग्राहकका विविध आवश्यकताहरू पूरा गर्न यी नयाँ मोडलहरू तयार पारिएका कम्पनीले जनाएको छ।

लञ्चको बारेमा बोल्दै नुराग मेहरोत्रा, हेड, इन्टरनेशनल बिजनेस, टाटा मोटर्स कमर्शियल भेहिकलले भने, ‘२०२३ मा लन्च भएदेखि, एस ईभीले भरपर्दो र प्रभावकारी समाधानहरू प्रदान गरेको छ, जसले व्यवसायहरूलाई देशव्यापीरुपमा सशक्त बनाएको छ। Ace EV CLB  र Ace EV Flat Bed ले परिवारलाई थप विस्तार गर्दै ग्राहकहरुको कार्य अनुरुप परिमार्जनको विकल्प प्रदान गर्नेछ। नेपालमा शून्य–उत्सर्जन सामान ढुवानीलाई सशक्त पार्ने हाम्रो यात्रामा यो विस्तारले अर्थपूर्ण प्रगतिको संकेत गर्दछ । साथै, हामी विश्वस्त छौं, सिप्रदी ट्रेडिङ्ग प्रालिको बलियो बिक्री र सेवा विशेषज्ञताले टाटा मोटर्सलाईनेपालको व्यावसायिक सवारी उद्योगमा नयाँ बेन्चमार्ककायम राख्न मद्दत गर्नेछ ।’

Shivam Cement
Bizshala
CG Motors

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले थप्दै भने, ‘टाटा मोटर्ससँगको सहकार्यमा  Ace EV CLB  र Ace EV Flat Bed, हाम्रा आदरणीय ग्राहकहरू माझ प्रस्तुत गर्न पाउँदा हामी धेरै खुसी छौं । सिप्रदीमा हाम्रो प्रतिबद्धता बिक्री मात्र नभई,नेपालमा इलेक्ट्कि गाडीको प्रभावकारी सञ्चालनको लागि पूर्ण ‘ईको सिस्टम’ विकास गर्ने छ । यसको लागि कम्पनीले उत्कृष्ट सेवा प्रदान गर्नुका साथै घरमै  चार्जिङ गर्ने पूर्वाधार प्रदान गरेर थप सुविधा दिएको छ । साथै अब अफ(रोड सवारी लाई सहज र सरल पार्न आपतकालीन उद्धार भ्यान सेवा पनि प्रदान गर्नेछ र यी दुई नयाँ गाडीले सफा, दिगो र हरित नेपाल बनाउन ठूलो योगदान पुर्यादउनेमा हामी विश्वस्त छौ।’

सेप्टेम्बर २०२३ मा लन्च गरिएको एस ईभीको अपार सफलताका साथ लोकप्रिय बन्दै बिक्री भइरहेको छ। पहिलो ६ महिना काठमाण्डौमा मात्रै व्यापक परीक्षण गरिएको एस ईभीका विभिन्न मोडलहरू अहिले पोखरा, इटहरी, नारायणघाट र बुटवलमा उपलब्ध छन्। हाल, एस ईभी कन्टेनरको रु २२.९९ लाख , एस ईभी सीएलभीको मूल्य रु २२.७९ लाख, र एस ईभी फ्ल्याट बेडको २१.९९ लाख रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.