काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । यसअघि गत जेठ ३१ गते बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गर्दै सेयर बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा आफुले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ।