शुक्रबार, भाद्र १९,२०८३ 03:52:35
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 03:52:35
Bizshala
Global IME Bank Limited

ईभी गाडीको आयात झण्डै ३ गुणाले बढ्यो, चीनबाट मात्रै ६८.९२% आयात

ईभी गाडीको आयात झण्डै ३ गुणाले बढ्यो, चीनबाट मात्रै ६८.९२% आयात
New Office

काठमाण्डौ। आर्थिक वर्ष २०८०/८१ मा देशमा ११ हजारभन्दा बढी ईभी गाडी भित्र्याइएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो वर्ष ११ हजार ७०१ ईभी सवारी साधन नेपाल भित्र्याइएको हो ।  

यो अवधिमा कुल २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँबराबरको ईभी आयात भएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै ३ गुणाले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा देशमा ४ हजार ५० ईभी सवारी साधन मात्रै आयात भएको थियो ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नेपालमा आयात गरिएको कुल ईभी गाडीमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ६ हजार ८८५ गाडी रहेका छन् । यस्तै दोस्रोमा ५० किलोवाट क्षमतासम्मका ४ हजार ५७१ जीप, भ्यान र कार आयात गरिएको तथ्यांकले देखाउँछ । यो अवधिमा चीनबाट सबैभन्दा धेरै ईभी गाडी आयात गरिएको छ । चीनबाट ८ हजार ६५ ईभी गाडी भित्र्याइएको छ । यो संख्या कुल आयात भएको ईभी गाडीको तुलनामा ६८.९२ प्रतिशत हुन आउँछ ।  

भारतबाट यो अवधिमा ३ हजार ३७७ ईभी गाडी आयात गरिएको विभागले जनाएको छ ।  

आर्थिक वर्ष २०८०/८१ मा आयात भएका ईभीबाट सरकारले १३ अर्ब २८ करोड ६७ लाख १३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ६ हजार ८८५ ईभी नेपाल भित्र्याइएको छ । दोस्रोमा ५० किलोवाट क्षमतासम्मका चार हजार ५७१ जीप, भ्यान र कार आयात गरिएको विभागले जनाएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.