काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । कम्पनीमा संस्थापक सेयरधनी संस्था नेपाल टेलिकमको तर्फबाट अमुल प्रधान सञ्चालकमा मनोनयन भएका छन् ।
नेपाल टेलिकममा प्रमुख प्राविधिक अधिकृत(सीटीओ)को रुपमा कार्यरत प्रधानले त्रिशुली जलविद्युत कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
टेलिकमले प्रधानलाई प्रमुख प्राविधिक अधिकृत राधाकृष्ण ढुङ्गेलको सट्टामा सञ्चालकको रुपमा मनोनयन गरी पठाएको हो ।