काठमाण्डौ । नेस्सेमा आज ३ वर्र्ष यताकै उच्च कारोबार भएको छ । आज शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
आज कारोबार गर्ने शीर्ष ब्रोकर नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८ )बाट ८४ करोड ५३ लाखको खरिद र करिब ८० करोडको बिक्री भएको छ ।
त्यसैगरि, दोस्रोमा रहेको इम्पेरियल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४५)बाट ७९ करोड १९ लाखको खरिद र ७२ करोड ५५ लाखबराबरको बिक्री भएको छ ।
तेस्रो स्थानको भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४)बाट बिक्री बढी भएको छ । यो ब्रोकरबाट ६६ करोड ५७ लाख खरिद र ७८ करोडको बिक्री भएको छ ।
चौथौमा डाइनामिक मनी म्यानेजर (स्टक ब्रोकर नम्बर ४४)बाट पनि बिक्री बढी भएको छ । यो ब्रोकरबाट करिब ५० करोडको खरिद र ५८ करोडबराबरको बिक्री भएको पाँचौमा रहेको सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) बाट ५५ करोड ७७ लाखको खरिद र ५२ करोड ११ लाखको बिक्री भएको छ ।
छैठौमा रहेको आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७)बाट पनि उच्च बिक्री भएको छ । यस ब्रोकरबाट ५१ करोड ६५ लाखको खरिद र ५२ करोड ७७ लाखको बिक्री भएको छ ।
सातौंमा अनलाइन सेक्यूरिटिज (स्टक ब्रोकर ४९) बाट ५० करोड ८१ लाखको खरिद र ४९ करोड ८१ लाखको बिक्री भएको छ ।
दीप शिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८)बाट ५० करोड १७ लाखको खरिद र ४५ करोड ८३ लाखको बिक्री भएको छ । त्यसै गरि नवौं स्थानमा रहेको एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १७)बाट बिक्री बढी भएको छ । यो ब्रोकरबाट करिब ३४ करोड ६० लाखको खरिद हुँदा ५३ करोड ६० लाखको बिक्री भएको छ ।
अग्रावल सेक्य्रूरिटिज (स्टक ब्रोकर नम्बर ६)बाट ४३ करोड ७१ लाखको खरिद र ३० करोडको बिक्री भएको छ ।