काठमाण्डौ । हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले रु.१ अर्ब भन्दा बढी लगानीमा हूलास स्टील युनिट–२ उद्योगको स्थापना गरेको छ । कम्पनीले यो उद्योगको स्थापना गरी नेपाल मै पहिलो पटक नयाँ प्रविधिको Largest and Latest Galvanizing Facility / 13 meters hot dip galvanizing bath जडान गरेको छ ।
यसको उद्घाटन आपूर्ति तथा उद्योग मन्त्री दामोदर भण्डारी तथा मधेश प्रदेश का मुख्यमन्त्री सतिश कुमार सिंह द्वारा भएको हो ।
नेपालमा विद्युतको मांग अत्यधिक बढी रहेको अवस्थामा सो लाई विस्तार गर्नका लागी ट्रान्समिशन टावर तथा डिस्ट्रिब्युशन टावर आवश्यक पर्ने हुंदा उक्त बस्तुहरु अन्य मुलुकहरुबाट आयात गर्नाले न्यून गुणस्तरीय हुनका साथै निर्माण कार्यमा अत्यधिक ढिलाई भई लागत मुल्यमा वृद्धि हुने भएकाले स्वदेश मै उत्पादन गर्न लागिएको कम्पनीले जनाएको छ । हाल ट्रान्समिशन टावर तथा डिस्ट्रिब्युशन लाइनको विस्तारमा कमी आउनका कारणले गर्दा लगभग १००० मेगावाट विद्युत खेर गईरहेको कम्पनीले दाबी गरेको छ ।
हुलास स्टील युनिट-२ उद्योगबाट Steel Lattice Towers, Substation Structure, Octagonal Pole, High Mast Pole, Mono Pole, Street Light Pole, Penstock Pipe, Bridge लगायत अन्य विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरु उत्पादन गर्दै आईरहेको छ ।