हुलास स्टीलले ट्रान्समिशन लाइनका लागि आवश्यक पर्ने पोल नेपालमै उत्पादन गर्ने
काठमाण्डौ । हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले रु.१ अर्ब भन्दा बढी लगानीमा हूलास स्टील युनिट–२ उद्योगको स्थापना गरेको छ । कम्पनीले यो उद्योगको स्थापना गरी नेपाल मै पहिलो पटक नयाँ प्रविधिको Largest and Latest Galvanizing Facility / 13 meters hot dip galvanizing bath जडान गरेको छ । यसको उद्घाटन आपूर्ति तथा उद्योग मन्त्री दामोदर भण्डारी तथा मधेश प्रदेश का मुख्यमन्त्री सतिश कुमार सिंह द्वारा भएको हो ।