शनिबार, श्रावण २३,२०८३ 06:22:06
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 06:22:06
Bizshala
Global IME Bank Limited

परम्परागत हेरचाह कार्यलाई आय उत्पन्न गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्न आवश्यकः ओझा

परम्परागत हेरचाह कार्यलाई आय उत्पन्न गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्न आवश्यकः ओझा
New Office

काठमाण्डौ । कैलाली चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले परम्परागत हेरचाह कार्यलाई आम्दानी गर्ने स्याहार अर्थतन्त्रमा परिणत गर्न आवश्यक रहेको बताएका छन् ।

कैलालीको धनगढीमा साउन ११ गते सम्पन्न निजी क्षेत्रमा केयर अर्थतन्त्रको सान्दर्भिकता विषयक तीनदिने तालिमको समापन समारोहमा ओझाले हेरचाह अर्थतन्त्रको महत्व बारे बताएका हु्न् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको ‘सशक्त महिला, समृद्ध नेपाल’परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौबीच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले साउन ९ गतेदेखि शुरु भएको तालिमको आयोजना गरेको हो ।

समापन समारोहको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा लम्की चेम्बर अफ कमर्शका अध्यक्ष पदमराज चौलागाईले गरेका थिए । कैलाली चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा विशेष अतिथि थिए ।  

समापन समारोहलाई सम्बोधन गर्दै ओझाले हेरचाह अर्थतन्त्र, राज्यले अक्सर बेवास्ता गर्ने महत्त्वपूर्ण आर्थिक गतिविधिमा मुख्यतया महिलाहरू समावेश हुने जानकारी दिए । उनले परम्परागत हेरचाह कार्यलाई प्रविधिमा आधारित, आयआर्जन गर्ने केयर अर्थतन्त्रमा परिणत गर्न निजी र सार्वजनिक क्षेत्रले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

आस्था भट्टले तीन दिने तालिमको प्रमुख प्रशिक्षकको रुपमा काम गरेकी थिइन् ।

सहभागी कृष्ण विष्ट महतले तालिमबाट प्राप्त ज्ञानलाई प्रयोगमा ल्याउन र हेरचाहको अर्थतन्त्रको महत्वबारे सरोकारवालाहरूबीच चेतना जगाउने प्रतिबद्धता व्यक्त गरिन् । तीन दिनसम्म चलेको तालिममा सुदूरपश्चिमका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिसहित ३० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.