काठमाण्डौ । पायोनियर मोटोकर्प प्रालि नेपाली बजारमा ग्लोबल प्रिमियम इभिब्रान्ड जिकरको 'जिकर एक्स' मोडल सार्वजनिक गर्ने तयारीको अन्तिम चरणमा रहेको छ ।
जिकर ब्रान्ड, नेपाली बजारमा जिकर एक्स मोडलसहित डेब्यु गर्नेछ, जसमा डुअल-मोटर-अल ह्विल-ड्राइभ र सिङ्गल-मोटर-रियर ह्विल ड्राइभ गरी दुई भेरियन्ट रहेका छन् ।
जिकर एक्स, एक प्रिमियम कम्प्याक्ट एसयुभि हो, जुन आधुनिक जीवनशैलीलाई सहज र सुविधाजनक बनाउनेगरी डिजाइन गरिएको कम्पनीको दाबी छ ।
जिकर एक्सले एक पृथक डिजाइन शैली, अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज र पर्फमेन्ससहित नेपाली ग्राहकहरूमाझ छुट्टै पहिचान स्थापना गर्ने आशा गरिएको छ ।
जिकर एक्सले सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने समेत दाबी गरिएको छ । सोही कारण नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि जिकर एक्स एक उत्तम एसयुभि सावित हुने आशा गरिएको छ ।
जिकर एक्सको दुवै भेरियन्टमा ६६ किलोवाटआवरको ब्याट्री रहेको छ जसले सिङ्गल मोटर, रियर ह्विल ड्राइभ, लङ्ग रेन्ज मोडलमा ४४० किमिको डब्लुएलटिपि रेन्ज प्रदान गर्दछ । १५० किलोवाटको डिसि चार्जरसहित गाडीमा रहेको २२ किलोवाटको एसि चार्जरले गाडीलाई शून्यबाट १०० प्रतिशत चार्जसम्म जम्मा ४ घण्टाभित्र पूरा गर्दछ ।
पायोनियर मोटोकर्पका निर्देशक सन्दीप कुमार शारडाका अनुसार, “जिकर एक त्यस्तो प्रिमियम इभि ब्रान्ड हो जसले आजको युगको ग्राहकहरूको जीवनशैलीलाई बुझ्दै आधुनिक प्रविधिमा ग्राहक केन्द्रित गाडी डिजाइन तथा उत्पादन गर्दछ । त्यसैगरी ‘जिकर एक्स’ गतिशील शहरी सभ्यताको आधुनिक जीवनशैलीका लागि डिजाइन गरिएको गाडी हो । नेपाली ग्राहकको समयअनुरुप परिष्कृत रूची तथा आधुनिक जीवनशैलीलाई हामी निकटबाट बुझ्दछौँ । सोही अनुरुप हामीले परिवेश र समय सुहाउँदो जिकर ब्रान्ड नेपालमा सार्वजनिक गरिरहेका छौँ, जसले उच्चस्तरीय पर्फमेन्स, अत्याधुनिक प्रविधिसहित प्रिमियम एसयूभिको बढ्दो मागलाई पूरा गर्दछ । जसअन्तर्गत जिकर एक्स डेब्यु मोडल रहेको छ जसले सरल डिजाइन, आधुनिक प्रविधि तथा उच्चस्तरको सुरक्षा सुविधा एकसाथ प्रस्तुत गर्दछ । नेपाली एसयुभि बजारमा जिकर एक्स, एक नौलो अनुभव र नयाँ अध्याय सावित हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।”
जिकर एक्सको आधुनिक र ‘एरोडाइनामिक’ डिजाइनले यसलाई अरू एसयुभिभन्दा अझै सरल, सुन्दर र सुविधासम्पन्न गाडीको रूपमा स्थापित गर्दछ । गाडीको एक्सटेरियर भागमा ‘स्मुथ लाइन तथा स्कल्पटेड प्रोफाइल’को डिजाइन प्रयोग, ‘प्यानोरामिक सनरुफ’, र इन्ट्रिगेटेड डबल एज्ड एलइडि डिआरएलको आकर्षण पाउन सकिन्छ । साथै, जिकरको ‘इन्टेलिजेन्ट बि पिलर’ नामक विशेष सुविधाले कारभित्र प्रवेश गर्नुअगावै गाडीको बारेमा महत्वपूर्ण जानकारीहरू ‘डोर ह्यान्डल’ (गाडीको ढोका)मा देखाउँदछ ।
गाडीको इन्टेरियरमा, ‘यामाहा अडियो सिस्टम’, ‘भेन्टिलेटेड फ्रन्ट सिट’ जस्ता आधुनिक र उपयोगी सुविधाहरू समावेश गरिनुका साथै सबै भाग आधुनिक र विशेष डिजाइनमा सुसज्जित रहेको छ । यसमा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टर्याक्टिभ ककपिट’ को पनि सुविधा रहेको छ जसमा १४.६ इन्चको टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको इन्स्ट्रुमेन्ट प्यानल समावेश छ ।
सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चरमा निर्मित जिकरले स्ट्रक्चरल सेफ्टि (संरचनात्मक सुरक्षा) सुनिश्चित गर्दछ र ‘एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’मा सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ । यस अन्तर्गत ७ वटा एयरब्याग, इन्टर्नल एन्टि कोलिजन बिम, र परिष्कृत सुरक्षा प्रणालीले गाडीमा सवार सबैलाई उच्चस्तरीय सुरक्षा प्रदान गर्दछ ।