बुधबार, असार १०,२०८३ 09:31:40
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:31:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्माण व्यवसायीहरुको भुक्तानी अब छिट्टै दिन्छौँ : मन्त्री दाहाल

Laxmi Sunrise Bank Limited
निर्माण व्यवसायीहरुको भुक्तानी अब छिट्टै दिन्छौँ : मन्त्री दाहाल

काठमाण्डौ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी चाँडो दिइने बताएका छन्। शनिबार मन्त्री दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी छिटोभन्दा छिटो दिइने बताएका हुन्।

New Office
CG Motors
Garima Development Bank

उनले मन्त्रालयले भुक्तानी दिनुपर्नेहरुको विवरण संकलन गरिरहेको र विवरण प्राप्त भएपछि प्रधानमन्त्री र अर्थमन्त्रीलाई रिपोर्ट गरेपछि भुक्तानी दिइने बताए। जति छिटो विवरण संकलन हुन्छ त्यति नै छिटो निर्माण व्यवसायीले भुक्तानी पाउने उनको भनाइ छ। 

उनले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको आयोजनाहरू पनि सय प्रतिशत कार्यान्वयन गराउने गरी लागिरहेको बताए। सबै कार्यान्वयन नभए ९० प्रतिशतभन्दा बढी कार्यान्वयन गर्न सक्ने उनले विश्वास व्यक्त गरे।

मन्त्री दाहालले विगतको सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई वर्तमान सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्ने समेत  सुनाए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.