आईतवार, असार १४,२०८३ 12:17:14
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:17:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फिएर एण्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्ट देखिएको सिनर्जी पावरको सेयरमूल्य कति पुग्ला ?(प्राविधिक विश्लेषण)

Laxmi Sunrise Bank Limited
फिएर एण्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्ट देखिएको सिनर्जी पावरको सेयरमूल्य कति पुग्ला ?(प्राविधिक विश्लेषण)

काठमाण्डौ । सिनर्जी पावर कम्पनी २०६३ सालमा स्थापना भएको थियो । २०७० पुसदेखि यो कम्पनी पब्लिक बनेको हो ।  

कम्पनीले दोलाखा जिल्लाको गौरीशंकर गाउँपालिकामा १० मेगावाट विद्युत उत्पादन गरिरहेको छ । २०६९ देखि कम्पनीले व्यवसायिक उत्पादन थालेको हो ।  

आधारभूत पक्ष

कम्पनीको यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिबेदनअनुसार चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ९ करोड ६० लाख ४९ हजार रुपैयाँ मात्रै रहेको छ ।  

कम्पनीको कूल पुँजी भने १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । कम्पनीको खूद मूनाफा २ करोड ६७ लाख रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो आर्थिक बर्षको तुलनामा ३४ प्रतिशतले गिरावट हो । 

New Office
CG Motors
Garima Development Bank

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९.२६ रुपैयाँ रहेको छ । बुक भ्यालु १०८ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ८.५५ प्रतिशत रहेको छ । कम्पनीले गत वर्ष १० प्रतिशत र अघिल्लो वर्ष ५ प्रतिशत लाभांश दिएको थियो ।  

प्राविधिक पक्ष 

फिएर एण्ड ग्रिड मिटरको आधारमा  

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । कम्पनीको यस्तो विन्दु हाल ६० को तहमा रहेको छ ।  

यस्तो विन्दु २० भन्दा तल हुँदा अधिक बिक्री र ८० भन्दा माथिमा अधिक खरिद भएको बुझिन्छ ।  कम्पनीको ५२ साताको उच्च मूल्य ३४३ र न्यून मूल्य १६० रुपैयाँ रहेको छ ।  

कम्पनीको सत्प्रतिसत सेयर सर्वसाधारणमा परिणत भइसकेको छ । हाल दोस्रो बजारमा यो कम्पनीको २७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  

बोलिङगर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्यान्डको  आधारमा यो कम्पनी हाल अपरब्यान्डबाट खसेर मध्य ब्यान्डमा सपोर्ट लिन खोजेको देखिन्छ । म्याक्डीमार्फत हेर्दा कम्पनीले केही समय पहिले बनाएको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ ।  

हिस्टोग्राम नेगेटिभ नै छ । आरएसआई ६० को तहमा चलेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा कम्पनीको सेयरभाउले मध्यब्यान्डमा सपोर्ट लिएको कारण अल्पकालिन लगानीकर्ताहरुका लागि यो कम्पनी लगानीको राम्रो विकल्प हुनसक्छ ।  

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्ने एउटा मेथड हो ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –३३६

प्रतिरोध २ –३१६

प्रतिरोध १– २९५

पिभट प्वइन्ट: २७५

घटेमा सपोर्ट  

सपोर्ट १– २५४

सपोर्ट २– २३४

सपोर्ट  ३ –२१३

निश्कर्ष: आधारभूत रुपमा यो कम्पनी अन्य जलविद्युत कम्पनीको तुलनामा  ठीकै अवस्थामा रहेको देखिन्छ ।  

कम्पनीको यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिबेदनअनुसार नेटवर्थ सकारात्मक रहेको छ भने प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ नजिक रहेको छ । रिटर्न अन  इक्विटी भने अघिल्लो आर्थिक बर्षको तुलनामा यो आर्थिक बर्षमा करिब ५२  प्रतिशतले घटेको छ ।  

प्राविधिक रुपमा कम्पनीको अबस्था नियाल्दा केही समय पहिले बोलिङ्गरको अपर ब्यान्डबाट खसेको यो कम्पनीको सेयरभाउले मध्यब्यान्डमा सपोर्ट लिन खोजेको देखिन्छ । पिभटमार्फत नियाल्दा कम्पनीको सेयर पिभट प्वाइन्ट २७५  भन्दा माथि टिकेको देखिन्छ । आरएसआई पनि ६० को तहमा चलको देखिन्छ ।  यसकारण यो कम्पनीमा आगामी दिनमा अल्पकालीन लगानीकर्ता हाबी हुनसक्छन् ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कुनै कारोबारको सिफारिस भने होइन ।)

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.