काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ५ वटाबाट उच्च खरिद भएकोे छ ।
सबै भन्दा उच्च कारोबार गर्ने नासा सेक्यूरिटिजबाट लगातार तीन कारोबर दिनदेखि उच्च बिक्री भएको छ । आज पनि यस ब्रोकरबाट उच्च बिक्री भएको छ । आज यस ब्रोकरबाट १ अर्ब २२ करोड रुपैयाँबराबरको खरिद भएको छ भने १ अर्ब ७२ करोडको बिक्री भएको छ ।
त्यसैगरि, इम्पेरियल सेक्यूरिटिजबाट भने उच्च खरिद भएको छ । यस ब्रोकरबाट १ अर्ब १२ करोडको खरिद र करिब ९४ करोडको बिक्री भएको छ ।
भिजन सेक्युरिटिजबाट ८२ करोडको खरिद र ९४ करोड बराबरको बिक्री भएको छ । अनलाईन सेक्युरिटिजबाट पनि ८२ करोडको खरिद र ९१ करोडको बिक्री भएको छ ।
सनी सेक्यूरिटिजबाट ७५ करोडको खरिद हुँदा ६८ करोडको बिक्री भएको छ । आर्यतार सेक्यूरिटिजबाट ६६ करोडको खरिद र ६० करोडको बिक्री भएको छ । डाइनामिक मनी म्यानेजरबाट पनि ६७ करोडको खरिद र करिब ५९ करोडको बिक्री भएको छ ।
दीपशिखा धितोपत्र कारोबारबाट ५७ करोड बराबरको खरिद र ५७ करोड ६२ लाखको बिक्री भएको छ ।
त्यसैगरि, एबीसी सेक्यूरिटिजबाट ५७ करोडको खरिद र ४७ करोड बराबरको बिक्री भएको छ । लिञ्च सेक्युरिटिजबाट ३५ करोडको खरिद र ५८ करोडको बिक्री भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (13).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                