बुधबार, भाद्र २५,२०८२ 06:53:48
  • बुधबार, भाद्र २५,२०८२ 06:53:48
Global IME Bank Limited

जापानको सेयर बजारले गर्यो उत्कृष्ठ पुनरागमन, अधिकांश एशियाली बजारमा समेत सुधार

Hyundai Nepal
जापानको सेयर बजारले गर्यो उत्कृष्ठ पुनरागमन, अधिकांश एशियाली बजारमा समेत सुधार

काठमाण्डौ । अघिल्लो दिन व्यापक गिरावटको सामना गरेको जापानको सेयर बजारले उत्कृष्ठ पुनरागमन गरेको छ । आज जापानको सेयर बजार सूचक निक्की२२५ १० प्रतिशतले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म निक्की२२५ इन्डेक्स २ हजार ९५७ अंकले बढेर ३४ हजार ४१६ विन्दुमा कारोबार भईरहेको छ । आज टोपिक्स पनि ८ प्रतिशतले बढेको छ । अघिल्लो दिन निक्की२२५ र टोपिक्स इन्डेक्समा १२ प्रतिशतको पहिरो गएको थियो ।  

आज अन्य एशियाली बजारहरुले पनि राम्रो सुरुवात गरेका छन् । सोमबार जापानको सेयर बजारले सन् १९८७ को ब्ल्याक मन्डे क्र्यासपछिकै उच्च गिरावटको सामना गरेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जापानको केन्द्रीय बैंकले गत जुलाई ३० मा सन् २००८ पछिकै उच्च स्तरमा ब्याजदर बढाएको थियो । जसका कारण जापानी येन ७ महिनाकै बलियो स्थितीमा पुगेको छ । यसले जापानको सेयर बजारमा दबाव सिर्जना गरेकाले मौद्रिक नीतिपश्चात जापानको सेयर बजारमा निरन्तर गिरावट आईरहेको छ ।  

यस्तै अमेरिकामा आर्थिक मन्दी आउन सक्ने भयका कारण विश्वका अन्य सेयर बजारमा समेत गिरावट आईरहेको छ । अमेरिकामा बेरोजगारीको संख्या बढेको छ । जसले गर्दा मन्दी आउन सक्ने आँकलन गर्न थालिएको छ ।  

आज जापानी येन डलरको तुलनामा ०.६२ प्रतिशतले कमजोर बनेको छ । यससँगै एक डलरबराबर १४५.०७ येन कायम भएको छ ।  

आज दक्षिण कोरियाको कोप्सी पनि ३ प्रतिशतले बढेको छ । यस्तै कोस्डाकमा पनि ४.५ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो दिन दक्षिण कोरियाको सेयर बजार कोप्सीमा ८ प्रतिशतको गिरावट आएर नकारात्मक सर्किट लागेपछि कारोबार स्थगित भएको थियो ।  

आज दक्षिण कोरियाली कम्पनी सामसुङको. मूल्य २.१ प्रतिशत र चिप निर्माता कम्पनी एसके हाईनिक्सको मूल्य १.०३ प्रतिशतले बढेको छ ।  

यस्तै आज हङकङको हाङ सेङ इन्डेक्स १.०३ र अष्ट्रेलियाको एस एण्ड पी/एएसएक्स२०० पनि ०.२७ प्रतिशतले बढेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.