सोमबार, असार १६,२०८२ 08:46:09
  • सोमबार, असार १६,२०८२ 08:46:09
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट खरिद र २ वटाबाट बिक्री, कसले उठायो शिवमको सेयर ?

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट खरिद र २ वटाबाट बिक्री, कसले उठायो शिवमको सेयर ?
Nabil Bank Limited

काठमाण्डौ । आज पनि दोस्रो बजारमा २० अर्ब माथिको कारोबार भयो । यो भनेको पछिल्लो समयको औषत कारोबार भन्दा बढी नै हो । कारोबार तथा भोल्युमको आधारमा बजार बलियो नै रहेको छ ।  

आजका शीर्ष १० ब्रोकरमा ८ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै उच्च बिक्री भएको छ । उच्च खरिद गर्नेमा आज पनि नासा सेक्यूरिटिजले पहिलो स्थानमा रहेको छ । यस ब्रोकरबाट आज एक अर्ब ३० करोडको खरिद भएको छ भने ९८ करोडबराबरको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब ७ करोडको खरिद र करिव ८३ करोडको बिक्री भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट ७७ करोडको खरिद र ७५ करोडको बिक्री भएको छ । चौथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट करिब ७७ करोडबराबरको खरिद र ७३ करोडको मात्रै बिक्री भएको छ । पाँचौमा रहेको सनी सेक्युरिटिजबाट ६७ करोडको खरिद र ६५ करोडको बिक्री भएको छ । छैठौमा रहेको आर्यतारा सेक्युरिटिजबाट ६५ करोडको खरिद र ५३  करोडको बिक्री भएको छ ।  

सातौंमा रहेको दीपशिखाबाट ५८ करोडको खरिद र ५४ करोडको बिक्री, आठौंमा रहेको डायनामिक मनी म्यानेजरबाट करिब ५७ करोडको खरिद र करिव ५५ करोडको बिक्री भएको छ । नवौं स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजबाट ३१ करोड ५७ लाखको खरिद र ५९ करोडको बिक्री भएको छ । त्यसैगरि, एबीसी सेक्युरिटिजबाट २६ करोड ६५ करोडको खरिद र ६१ करोडको बिक्री भएको छ ।  

आजको शिवम् सिमेन्ट कम्पनीको मात्रै एक अर्ब २१ करोडबराबरको सेयर कारोबार भएको छ । जसमा नासा सेक्यूरिटिजबाट मात्रै कूल कारोबारको १४ प्रतिशत अर्थात १७ करोड १८ लाख ३४ हजार रुपैयाँबराबरको सेयर खरिद भएको छ । नासा सेक्युरिटिजबाट आज २ लाख  ५८  हजार ८२४  कित्ता सेयर खरिद भएको छ । त्यसैगरि, इम्पेरियल सेक्यूरिटिजबाट कुल कारोबारको करिब ७ प्रतिशत अर्थात ८ करोड १३ लाख ४९ हजार रुपैयाँबराबरको सेयर खरिद भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.