बिहीबार, आश्विन ३,२०८१ 07:18:57
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:18:57
IME remit
Global IME Bank Limited

साना किसान विकास लघुवित्तको नाफा ९४.९६ करोड पुग्यो, वितरणयोग्य मुनाफा १.७२ अर्ब

Hyundai Nepal
साना किसान विकास लघुवित्तको नाफा ९४.९६ करोड पुग्यो, वितरणयोग्य मुनाफा १.७२ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय अवस्थामा राम्रो सुधार आएको छ । गत आवको चौथौ त्रैमाससम्म संस्था अधिकांश सूचकमा अब्बल देखिएको छ । चौथौ त्रैमाससम्म संस्थाको खुद नाफा २२.७७ प्रतिशतले वृद्धि भएको छ ।  

चौथो त्रैमासको अन्त्यसम्ममा संस्थाले ९४ करोड ९६ लाख रुपैयाँ बढी मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ७७ करोड ३५ लाखबराबरको खुद नाफा कमाएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले समीक्षा अवधिसम्म भने २ अर्ब १९ करोडबराबरको खुद ब्याज आम्दानी गरेको छ । यसरी संस्थाको खुद ब्याज आम्दानी ३१.४३ प्रतिशतले बढेको छ ।  

संस्थाले यो अवधिसम्म ४२ लाख ८५ हजार रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । समीक्षा अवधिसम्म संस्थाको रिटेन्ड अर्निङ १ अर्ब ७२ करोड र रिजर्भको आकार ३ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । २ अर्ब ८३ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ४ करोड ९१ लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ०.६१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर २.१८ प्रतिशत पुगेको छ ।  

संस्थाको वितरणयोग्य मुनाफा १ अर्ब ६८ करोड रुपैयाँबाट बढेर १ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । यो अवधिसम्म लाभांश क्षमता भने ५०.५८ प्रतिशतबाट घटेर ४५.४४ प्रतिशतमा सीमित बनेको छ ।  

त्यस्तै संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २४.९५ रुपैयाँ,पीई रेसियो ३४.२२ गुणा,तरलता अनुपात १२.३३ प्रतिशत,प्रतिसेयर नेटवर्थ २४८.८१ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १६५.८४ रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.