शुक्रबार, श्रावण २९,२०८३ 06:37:19
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 06:37:19
Bizshala
Global IME Bank Limited

सिक्लेस हाईड्रोपावरको नाफामा सामान्य वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?

Prabhu Bank Limited
सिक्लेस हाईड्रोपावरको नाफामा सामान्य वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?
New Office

काठमाण्डौ । सिक्लेस हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पानीको मुनाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.९६ प्रतिशतले बढी हो ।  

कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

CG Motors

कम्पनीको विद्युत बिक्रीको आम्दानी भने ५.८३ प्रतिशतले घटेको छ । कम्पनीले चौथो त्रैमासको अन्त्यसम्म विद्युत बिक्रीमार्फत २९ करोड ३७ लाख रुपैयाँ कमाएको छ । कम्पनीले अन्य स्रोतबाट १ करोड ४४ लाख रुपैयाँ कमाएको छ ।  

त्यस्तै कम्पनीको कुल सञ्चालन खर्च ५ करोड ८१ लाख र कुल गैर सञ्चालन खर्च २० करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ५ करोड ७८ लाखबाट बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब १७ करोड रुपैयाँबराबरको दिर्घकालिन कर्जा लिएको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस)५.५८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०८.०१ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X