शनिबार, असार १४,२०८२ 06:16:17
  • शनिबार, असार १४,२०८२ 06:16:17
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको क्लब अचिभर्स इभेन्ट सम्पन्न

Hyundai Nepal
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको क्लब अचिभर्स इभेन्ट सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लबअचिभर्स इभेन्ट २०८१ सम्पन्न  गरेको छ ।  द सोल्टी काठमाण्डौमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उप–शाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो । 

कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष  रतनलाल केडिया, सञ्चालक समितिका सदस्यहरू , प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

 कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई स्वीकार गरि देशका विभिन्न ठाउँहरुबाट आएका क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्तालाई स्वागत गरेका थिए । कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरू प्रतिआभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने बताए । कम्पनीका डेपुटी  सीईओ निराजन कंडेलले सफल अभिकर्ता बन्नको लागि चाहिने सीपहरु लगायतका विषयहरूमा आफ्नो धारणा राखेका थिए ।  

कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधुली क्लब, पृथ्वीक्लब, अग्नी क्लब र आकाश क्लब योजनाहरू प्रस्तुत गरेको थियो । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम रकमको सीमा तोकिएको थियो । उक्त सीमाको लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरू क्लबमा सहभागी हुन सफल भएका थिए । सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान गरेको छ ।  

 २००२ की मिस नेपाल माल्भिका सुब्बा कार्यक्रम सञ्चालिका रहेकी थिइन् भने हास्यकलाकार जितु नेपाल र नेपाल आइडल सिजन ५ का बिजेता करन परियारले आफ्ना प्रस्तुतिहरु पस्केका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.