शनिबार, श्रावण २,२०८३ 09:07:16
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:07:16
Bizshala
Global IME Bank Limited

सानिमा रिलायन्स लाईफले रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ लाई ५ लाख दिने

सानिमा रिलायन्स लाईफले रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ लाई ५ लाख दिने
New Office

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अन्तरष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा सञ्चालन हुने ‘आधारभूत शिक्षा तथा साक्षरता’कार्यक्रम मार्फत पिछडिएका बर्गको साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले दुई संस्थाबीच भदौ २३ गते सहमतिपत्रमा हस्ताक्षर भएको हो ।  

उक्त सहमतिपत्रमा सानिमा रिलायन्स लाईफको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्र मान शेरचनले हस्ताक्षर गरेका हुन् । सो कार्यक्रममा बीमा कम्पनीको तर्फबाट सञ्चालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पधाधिकारीको उपस्थिती रहेको थियो ।  

सहमतिअनुसार सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले उक्त संस्थालाई ५ लाख रकम प्रदान गर्नेछ । उक्त रकममध्ये २ लाख ५० हजार शौचालय निर्माणको लागि र बाँकि रकम संस्थाको बिभिन्न रोटरी क्लबहरु मार्फत देशका सामुदायिक तथा सार्बजनिक स्कूलहरुमा सञ्चालन हुने ‘टिच’ कार्यक्रमअन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने छ।  

सो कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकाशको बिभिन्न क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताए ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.