शनिबार, असार १४,२०८२ 04:09:07
  • शनिबार, असार १४,२०८२ 04:09:07
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप घट्दा कर्जा प्रवाह भने ८ अर्बले बढ्यो, सिडी रेसियो कति ?

Hyundai Nepal
बैंकिङ प्रणालीको निक्षेप घट्दा कर्जा प्रवाह भने ८ अर्बले बढ्यो, सिडी रेसियो कति ?
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ २४ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ७९ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । 

गत भदौ २३ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ८४ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो । यसरी एक दिनको अवधिमा बैंकिङ प्रणालीको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले घटेको हो ।    

CG Motors
Muktinath Bikas Bank Limited

वाणिज्य बैंकहरुको निक्षेप पनि ६ अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ । भदौ २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५७ अर्ब रहेको थियो ।  

अन्य वित्तीय संस्थाको निक्षेप भने १ अर्बले बढेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ प्रणालीको निक्षेप संकलन घटेता पनि कर्जा प्रवाह भने बढेको छ । भदौ २४ गतेसम्म बैंकिङ प्रणालीबाट ५२ खर्ब १३ अर्बबराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । भदौ २३ गतेसम्म भने बैंकिङ प्रणालीबाट ५२ खर्ब ५ अर्बबराबरको कर्जा प्रवाह भएको थियो । यसरी एक दिनमा कर्जा प्रवाह ८ अर्बले बढेको छ ।      

सीडी रेसियो ७८.८७ प्रतिशतबाट बढेर ७९.०२ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत कायम छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.