काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाण्डौ–११, मध्य बानेश्वरम्स्थित भेनस हस्पिटल प्रालिमा छुट पाउने भएका छन् । यस विषयमा प्रभु बैंक र उक्त अस्पतालबीच सम्झौता भएको छ ।
एक समारोहका बिच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीराम ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
समारोहमा प्रभु बैंक लिमिटेड,बानेश्वर शाखा प्रमुख रचिता विष्ट र भेनस हस्पिटलकी प्रशासन प्रमुख मनीराम न्योैपाने समेतको उपस्थित रहेको थियो ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटलमा उपचार सेवालिँदा फार्मेसी,हेल्थ प्याकेज,डाईग्नोष्टिकअन्र्तगतका सेवाहरुमा७ प्रतिशतदेखी १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड,प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तmानी गर्न सक्नेछन् । प्रभु बैंकले नेपालभर रहेका ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गर्दै आईरहेका छन् ।